भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

घोषित मितिमै चुनाव सम्पन्न गर्ने सरकारको प्रतिबद्धता

घोषित मितिमै चुनाव सम्पन्न गर्ने सरकारको प्रतिबद्धता

काठमाण्डौ, मंसिर १८ । प्रधानमन्त्री सुशीला कार्कीले घोषित मितिमै चुनाव सम्पन्न गराई युवाशक्तिको हातमा सत्ता हस्तान्तरण गर्न सरकार तयारी अवस्थामा रहेको बताउनुभएको छ।

देशलाई तीव्र विकासको मार्गमा अघि बढाउन युवा नेतृत्व अत्यावश्यक रहेको उहाँको भनाइ छ। ज्यापु संस्कृति विकास कोषद्वारा आयोजित २२औँ राष्ट्रिय ज्यापु दिवस समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सरकार चुनावका लागि पूर्ण तयारीमा रहेको र निर्वाचन प्रक्रियालाई पारदर्शी, विश्वसनीय र समयबद्ध बनाइने उल्लेख गर्नुभयो।

उहाँका अनुसार नवयुवा आन्दोलनले उठाएका भ्रष्टाचार विरुद्धका माग, सुशासन, रोजगारी, गास–बास–कपासको ग्यारेन्टी जस्ता एजेन्डा न्यायोचित छन् र तिनलाई सम्बोधन गर्न सरकार गम्भीर छ।

उहाँले संस्कृति संरक्षणसँगै त्यसलाई पर्यटनसँग जोडेर आर्थिक समृद्धिमा योगदान पुर्‍याउन सकिने पनि बताउनुभयो।

 


Thali Mobile Pvt.Ltd.