भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भारतमा मतगणनाः प्रारम्मिक मतपरिणाममा एनडीएको अग्रता

भारतमा मतगणनाः प्रारम्मिक मतपरिणाममा एनडीएको अग्रता

काठमाडौं । भारतको लोकसभा निर्वाचनमा कंग्रेस नेतृत्वको इन्डिया गठबन्धन अघिल्लो चुनाव भन्दा दोब्बर सिटमा अग्रता लिएको छ। ५४३ सदस्यीय लोक सभामा बहुमतका लागि २७२ चाहिन्छ । भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडीए गठबन्धनले २९८ सिटमा अग्रता लिएको छ ।

कंग्रेस नेतृत्वको गठबन्धनले सन् २०१९को लोक सभा निर्वाचनमा ९४ सिटमात्रै जितेको थियो। भारतीय जनता पार्टी नेतृत्वको एनडिए भने बहुमततर्फ अग्रसर छ।

यसपालि भाजपा एनडिए र कंग्रेस इन्डिया गठबन्धन बनाएर चुनाव लडेको थियो। भारतका विभिन्न संस्था र सञ्चारमाध्यमहरूले यसपालि पनि भाजपा नेतृत्वको एनडिए गठबन्धनले बहुमत ल्याउने प्रक्षेपण गरेका थिए।

 


Thali Mobile Pvt.Ltd.