भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भारतको विहारमा रहेको सिद्धेश्वर मन्दिरमा भागदौड मच्चिँदा ७ जनाको मृत्यु

भारतको विहारमा रहेको सिद्धेश्वर मन्दिरमा भागदौड मच्चिँदा ७ जनाको मृत्यु

काठमाडौं । भारतको विहारमा रहेको बाबा सिद्धेश्वर नाथको मन्दिरमा भागदौड मच्चिँदा ७ जनाको ज्यान गएको छ । अरु ३५ जनाभन्दा धेरै घाइते भएका छन् ।

साउन महिनामा बाबा सिद्धेश्वरनाथको मन्दिरमा जलाभिषेक गर्न भक्तजनको भिड लाग्ने गर्दछ । श्रद्धालुको घुइँचोकोबीच गएराति भागदौड हुँदा घटना भएको भारतीय सञ्चार माध्यम आजतकले जनाएको छ ।

विहारको जेहानाबाद सदर अस्पतालमा ७ जनाको शव ल्याइएको र मृतकको सङ्ख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ । घाइतेहरुको स्थानीय दुई वटा अस्पतालमा उपचार भइरहेकोे छ । प्रत्यक्षदर्शीकाअनुसार प्रशासनको लापरबाहीका कारण घटना भएको हो ।

भक्तजनको भिडमा सुरक्षाकर्मीले लाठी चलाउन थालेपछि भागदौड मच्चिएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.