भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

लिपुलेक, शिपकी ला र नाथु ला नाकाबाट भारत–चीन व्यापार फेरि सुरु हुने

लिपुलेक, शिपकी ला र नाथु ला नाकाबाट भारत–चीन व्यापार फेरि सुरु हुने

एजेन्सी, ४ भाद्र । भारत र चीनबीचको सीमा विवादबारे विशेष प्रतिनिधिको २४औँ चरणको वार्ता सम्पन्न भएको छ । बीबीसीका अनुसार वार्तामा दुवै पक्षबीच सीमा क्षेत्रमा शान्ति कायम भएको र द्विपक्षीय सम्बन्धमा सकारात्मक प्रगति भइरहेको उल्लेख गरिएको छ ।

भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले गत वर्ष कजानमा भएको सहमतिपछि नयाँ वातावरण बनेको र यसले आपसी सहयोगका विभिन्न क्षेत्रमा प्रगति गर्न मद्दत गरेको बताउनुभयो । चीनका विदेश मन्त्री वाङ्ग यीले पछिल्ला वर्षमा दुवै देशले भोगेका तनाब आपसी हितमा नभएको र अब सीमामा स्थिरता फर्किएकोमा खुशी व्यक्त गर्नुभयो ।

यसअघि गत अगस्ट १८ मा भारतीय विदेश मन्त्री एस. जयशङ्कर र वाङ्ग यीबीच भेट भएको थियो । त्यस क्रममा जयशङ्करले आपसी सम्मान, संवेदनशीलता र हितको आधारमा सम्बन्ध अघि बढाउनुपर्ने बताउनुभएको थियो । नवीनतम वार्तामा व्यापार विस्तारबारे पनि सहमति भएको छ ।

विशेषगरी उत्तराखण्डको लिपुलेक दर्रा, हिमाचल प्रदेशको शिपकी ला र सिक्किमको नाथु ला मार्ग हुँदै रोकिएको व्यापार फेरि सुरु गर्ने तयारी भएको बताइएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले वाङ्ग यीसँगको भेटपछि सामाजिक सञ्जालमार्फत भारत–चीन सम्बन्ध आपसी हित र संवेदनशीलताको सम्मानका आधारमा प्रगति गरिरहेको बताएका छन् ।

विश्लेषकहरूका अनुसार अहिले चीन–पाकिस्तान निकट सम्बन्ध र अमेरिका–भारतबीचको नयाँ भन्सार कर विवादले भारत–चीन सम्बन्धलाई थप संवेदनशील बनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.