भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

लिपुलेक सीमा विवादमा भारतको स्पष्ट प्रतिक्रिया, ऐतिहासिक प्रमाण छैन भन्छ

लिपुलेक सीमा विवादमा भारतको स्पष्ट प्रतिक्रिया, ऐतिहासिक प्रमाण छैन भन्छ

मुख्य बुँदा

नेपालले लिपुलेक नाकाबाट सीमा व्यापार पुनः सुरु भएको विषयमा आपत्ति जनाएको थियो

भारतले नेपालको दाबी ऐतिहासिक प्रमाण र यथार्थमा आधारित नभएको बताएको

लिपुलेक नाकाबाट सीमा व्यापार १९५४ देखि निरन्तर चलिरहेको

कोभिड र अन्य कारणले रोकिएको व्यापार दुवै पक्षको सहमतिमा पुनः सुरु

भारतले नेपालसँग बाँकी सीमासम्बन्धी मुद्दा समाधान गर्न संवाद र कूटनीति मार्फत सकारात्मक काम गर्न तयार रहेको

काठमाडौं, ५ भाद्र । लिपुलेक नाकाबाट भारत र चीनबीच पुनः सुरु गरिएको सीमा व्यापारबारे नेपालको आपत्तिमा भारतले ऐतिहासिक प्रमाण र यथार्थमा आधारित नभएको बताएको छ। नेपालको धारणा प्रति प्रतिक्रिया दिँदै भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले ऐतिहासिक प्रमाण र यथार्थमा आधारित नभएको बताएका हुन्।

उनले भने, ‘भारत र चीनबीच लिपुलेक नाकाबाट हुने सीमा व्यापार १९५४ मा सुरु भएको हो र दशकौंदेखि निरन्तर चलिरहेको छ। कोभिड महामारी र अन्य कारणले केही समय रोकिएको यो व्यापार दुवै पक्षको सहमतिमा पुनः सुरु गरिएको हो।’

नेपालले हालै यो व्यापार पुनः सुरु गरिएको विषयमा चासो व्यक्त गर्दै आफ्नो धारणा सार्वजनिक गरेको थियो। तर, भारतले यस्ता दाबीहरूलाई अस्वीकार गर्दै यसलाई ऐतिहासिक प्रमाण र यथार्थमा आधारित नभएको बताएको छ।प्रवक्ता जैसवालले थपे, ‘भू–भागसम्बन्धी कुनै पनि एकपक्षीय, कृत्रिम दाबी स्वीकार्य हुँदैन। यस्ता दाबीहरू न त न्यायसंगत छन्, न त ऐतिहासिक तथ्यहरूमै आधारित छन्।’

भारतले नेपालसँग बाँकी रहेका सीमासम्बन्धी मुद्दाहरू समाधान गर्न संवाद र कूटनीतिमार्फत् सकारात्मक रुपमा काम गर्न तयार रहेको पनि प्रवक्ताले बताएका छन्।

 


Thali Mobile Pvt.Ltd.