भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भारतीय सीमा सुरक्षा बल एसएसबीद्वारा बाराका दुई युवक भारतमा पक्राउ

भारतीय सीमा सुरक्षा बल एसएसबीद्वारा बाराका दुई युवक भारतमा पक्राउ

रौतहट । भारतीय सीमा सुरक्षा बल एसएसबीले दुई युवकलाई पक्राउ गरेको छ। ठुलो परिमाणमा लागुऔषध सहित बाराका दुई युवकलाई भारतीय सीमा सुरक्षा बल एसएसबीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालिका ८ ककोर्वाका २५ वर्षीय ईरफान खान र सोही नगरपालिका बाँसवरिया गाउँका राजु यादव रहेका छन् । भारत बिहार मोतीहारी जिल्ला एसएसबी क्याम्प जमुनियाका गस्ती टोलीले पिठवा गाउँ छेउ ३५७ नम्बर पिल्लर (सीमा स्तम्भ) नजिकै बाट लागुऔषध सहित पक्राउ गरेको हो।

घोडासाहन बजार बाट लगेर सिम्रौनगढ नगरपालिका बाँसवरीया गाउँमा राजु यादव र उनको भाइ कञ्चन यादवको घरमा स्टक गरेर कलैया, निजगढ, हेटौँडादेखि काठमाडौँसम्म पुर्‍याउने गरेको पाइएको प्रहरीले जनाएको छ ।

भारत घोडासहन बजारबाट भारु ४८ हजार रुपैयाको विभिन्न किसिमका लागुऔषध इन्जेक्सन, ट्याब्लेट र सिरप मोटरसाइकलमा राखेर ककोर्वा गाउँ तर्फ जाने क्रममा ईरफान लाई एसएसबीको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

एसएसबी क्याम्प जमुनियाले ईरफानलाई बरामद लागुऔषध र मोटरसाइकलसहित आवश्यक कारबाहीको लागि झरौखर थानामा बुझाइएको जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.