भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

गौरीफन्टा नाकामा भारतीय प्रहरीको ज्यादती, चेकिङकाे दादागिरीमा नेपालीसँग मोटो रकम असुली

गौरीफन्टा नाकामा भारतीय प्रहरीको ज्यादती, चेकिङकाे दादागिरीमा नेपालीसँग मोटो रकम असुली

गौरीफन्टा । कैलालीसँग सिमा जोडिएको गौरीफन्टा नाकामा भारतीय प्रहरीको ज्यादती चलेको छ । चेकिङको नाममा नेपालीमाथी जबरजस्ती रकम असुली गर्न थालेको पीडित नेपालीले बताएका छन् । नेपाल भारत सीमा प्रवेशद्वारमा भन्सार विभागमा तैनाथ प्रहरीले चेकिङको नाममा नेपाली नागरिकसँग जबर्जस्ती रकम असुलीरहेको भिडियो भाइरल भैरहेको छ ।

शनिवारका दिन गौरीफन्टा नाकामा भन्सार विभागमा तैनाथ दुई जना प्रहरीले चेकिङको नाममा भारतबाट मजदुरी गरेर आउने नेपालीहरु प्रति ब्यक्ती रु १०० रुपैयाँ मागेको पीडित लेखराज रिजालले बताए । रिजालले भने, आफु, श्रिमती, कान्छो भाई, सासुआमा बृन्दावनबाट आउँदै गर्दा गौरीपन्टा नाका कस्टम वारियरमा भारतीय प्रहरीको चेकिङ्ग भैरहेको थियो ।

शनिवार बिहान ८ बजे हामी भारतबाट आएका नेपालीहरु लाईनमा उभिएर चेकिङ्का क्रममा भारतिय प्रहरीले सय रुपैयाँ मागेको हो, उनले भने । उनले प्रहरीलाई किन पैसा तिनुपर्‍यो भनेर प्रश्न गर्दा उल्टै भारतीय प्रहरीले पैसा नदिए पर्स चेक गर्ने र पुरै शरिर चेक गरेर पैसा निकाल्ने, नदिए लाठी प्रहार र कुटपटि गर्ने बताए । चेकिङ्गका नाममा घुस रकम भनेर साथमा रहेका अन्य नेपाली युवकले विरोध गरेपछि भारतीय प्रहरी जवानले रिजाललाई कुटपिट गरेका छन् ।

झुटो मुद्दा दर्ता गर्ने धम्की दिदै रकम असुलेको उनको भनाइ छ । हल्ला देखेर नेपाल आउने यात्रुहरूले भिडियो बनाउन थाले, जसका कारण भन्सार कर्मचारीहरू डराएको भिडियोमा देख्न सकिन्छ । पीडित रिजालले जिल्ला प्रशासन कार्यालयसहित भारतीय तथा नेपाली दूतावासलाई घटनाको निवेदन दिने बताएका छन् । यता जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दले घटनाको बारेमा जानकारी नभएको बताए ।

यस्तै कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कट्टलले जिल्ला प्रशासन कार्यालय कैलालीमा कुनै उजुरी नआएको र सो बारेमा निवेदन आए तत्काल कार्वाही गरिने बताए । सीमा नाकामा नेपाली माथि हुने ज्यादती जहिले यस्तै भइरहेको नेपालीहरु बताउँछन् ।

 


Thali Mobile Pvt.Ltd.