भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

इन्द्रसरोवरमा पानीको सतह घट्दै, कुलेखानी जलविद्युत् आयोजनाको उत्पादनमा चुनौती

इन्द्रसरोवरमा पानीको सतह घट्दै, कुलेखानी जलविद्युत् आयोजनाको उत्पादनमा चुनौती

हेटौँडा, जेठ २७। देशको एक मात्र जलाशययुक्त कुलेखानी जलविद्युत् आयोजना अन्तर्गतको इन्द्रसरोवरमा पानीको सतह घट्दै गएको छ। सोमबार साँझसम्म पानीको सतह समुद्री सतहबाट १४८६.३९ मिटर पुगेको छ।

कुलेखानी जलविद्युत् केन्द्र प्रथमका प्रमुख तारादत्त भट्टका अनुसार अहिले पानी नपरेको र नियमित विद्युत् उत्पादन गर्दा जलाशयको पानीको सतह घटिरहेको हो। पानीको सतह १४८४ मिटरसम्म पुर्‍याउन सकिने भए पनि बिजुलीको माग बढ्दा थप एक मिटर तल झर्न सक्ने अवस्था छ।

यसपछि कुलेखानीबाट नियमित बिजुली उत्पादन सम्भव नहुने प्रमुख भट्टले जानकारी दिनुभयो। हाल कुलेखानी प्रथम, दोस्रो र तेस्रो जलविद्युत् केन्द्रहरू पूर्ण क्षमतामा सञ्चालन भइरहेका छन्। तर पानीको सतह १४८३ मिटरभन्दा तल झरेको अवस्थामा अत्यावश्यक बाहेक बिजुली उत्पादन गर्न नसकिने बताइएको छ।

गर्मी बढेसँगै बिजुलीको मागमा वृद्धि भई कुलेखानी जलविद्युत् आयोजना नियमित रूपमा चलाउनुपर्ने बाध्यता आएको छ। प्रमुख भट्टका अनुसार इन्द्रसरोवरमा समुद्री सतहबाट १५३० मिटरसम्म पानी जम्मा गर्न सकिन्छ। गत वर्षको तुलनामा यो वर्ष पानीको सतह बढी खपत भएको छ।

पानी पर्न सुरु भएपछि पानीको सतह फेरि बढ्ने अनुमान छ। गत वर्ष इन्द्रसरोवर ताल भरिएपछि ओभरफ्लो समेत भएको थियो र बाँधको सुरक्षाका लागि दुई ढोका खोल्नुपरेको थियो।

कुलेखानी जलविद्युत् आयोजना मुख्य रूपमा सुक्खा र गर्मी याममा विद्युत् आपूर्ति र माग सन्तुलनमा राख्न तथा भोल्टेज नियन्त्रणका लागि प्रयोग गरिन्छ। पूर्ण क्षमतामा सञ्चालन हुँदा कुलेखानी प्रथमबाट ६० मेगावाट, दोस्रोबाट ३२ मेगावाट र तेस्रोबाट १४ मेगावाट बिजुली उत्पादन गरिन्छ।

 


Thali Mobile Pvt.Ltd.