भर्खरै : Sorry, your browser does not support inline SVG.
कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा | काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही | घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा | ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन | राष्ट्रिय कृषि नीति २०८३ जारी, किसानको आयवृद्धिदेखि कृषि उत्पादनको ‘ब्रान्डिङ’ सम्म प्राथमिकता | मन्त्रिपरिषद्का निर्णय : लगानी बोर्डमा याङ्की उक्याब सीईओ, सुनसरी–सिरहा घटनाका पीडितलाई राहत | सितामढीबाट पक्राउ परेका सर्लाहीका दुई किसान रिहा | रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु |

संवाद र सहअस्तित्वप्रति प्रतिबद्धताका साथ अन्तर्राष्ट्रिय मानव भ्रातृत्व दिवस मनाइँदै

संवाद र सहअस्तित्वप्रति प्रतिबद्धताका साथ अन्तर्राष्ट्रिय मानव भ्रातृत्व दिवस मनाइँदै

मुख्य बुँदा

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव देशभर

पहाडी र हिमाली भूभागमा सामान्यतया बदली

तराईका केही स्थानमा हुस्सु र कुहिरो

कोशी, बागमती र गण्डकीमा हल्का हिमपातसहित वर्षाको सम्भावना

उच्च पहाडी क्षेत्रमा कतै–कतै मध्यम हिमपात

जनजीवन, पर्यटन र यातायातमा प्रभाव पर्न सक्ने चेतावनी

काठमाडौँ, २१ माघ। संवाद र सहअस्तित्वप्रति प्रतिबद्धताका साथ आज विश्वका विभिन्न मुलुकमा अन्तर्राष्ट्रिय मानव भ्रातृत्व दिवस मनाइँदै छ ।

संयुक्त राष्ट्रसङ्को महासभाले सन् २०२० डिसेम्बर २१ मा एक प्रस्ताव पारित गर्दै प्रत्येक वर्ष फेब्रुअरी ४ मा यो दिवस दिवस मनाउने निर्णय गरेअनुरूप सन् २०२१ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो ।

यो दिवसले संस्कृति र विश्वासमा विविध भए पनि हामी सबै एउटै मानव परिवारका सदस्य भएको स्मरण गराउँछ । मानव भ्रातृत्वले शङ्काभन्दा सम्मानलाई प्राथमिकता दिँदै समान गरिमा र अधिकारका आधारमा सहअस्तित्वको अभ्यास गर्न प्रेरित गर्दछ ।

बढ्दो तनाव र ध्रुवीकरणको वर्तमान सन्दर्भमा मानव भ्रातृत्व केवल आदर्श मात्र नभई शान्तिपूर्ण सहजीवन र प्रत्येक व्यक्तिको अधिकार तथा गरिमाको संरक्षण गर्ने व्यावहारिक प्रतिबद्धता भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

यो वर्षको विषयवस्तुले विभाजनभन्दा संवादलाई प्राथमिकता दिन सबैलाई आह्वान गरेको छ । राष्ट्रसङ्घका अनुसार संवादको अर्थ सबै विषयमा सहमति हुनु होइन, बरु ध्यानपूर्वक सुन्नु, जिम्मेवारीपूर्वक बोल्नु र विशेष गरी डर, आक्रोश वा अनिश्चितताका अवस्थामा पनि एकअर्काको मानवता पहिचान गर्नु हो ।

मानव भ्रातृत्वले विभेद, जातीय घृणा, विदेशीप्रति घृणा तथा घृणात्मक अभिव्यक्तिलाई अस्वीकार गर्न पनि जोड दिएको छ । उक्त विश्व संस्थाले ‘अनलाइन’ र ‘अफलाइन’ दुवै माध्यममा भिन्नतामाथि हुने छलफललाई हानिरहित र सम्मानजनक बनाउने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

यसै अवसरमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले समान अधिकार, दया र आपसी सम्मानमा आधारित विश्व निर्माण गर्दै एक मानव परिवारका रूपमा शान्तिपूर्वक बाँच्न सबैको साझा भूमिका हुने बताए । रासस

 


Thali Mobile Pvt.Ltd.