भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध | सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप | राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै | नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर |

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, कोशी, बागमती र गण्डकीमा हिमपातसहित वर्षाको सम्भावना

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, कोशी, बागमती र गण्डकीमा हिमपातसहित वर्षाको सम्भावना

काठमाडौँ, २१माघ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस प्रणालीको प्रभावका कारण बागमती र गण्डकी प्रदेशलगायत पहाडी तथा हिमाली भूभागमा सामान्यतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बदली रहेको छ।

आज दिउँसो तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा सामान्यतया बादल लाग्नेछ भने अन्य भूभागमा आंशिक बदली रहनेछ। यी तीन प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातसहित वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति तराईका थोरै स्थानमा हुस्सु लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना छ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा मध्यम हिमपातसहित वर्षा हुन सक्ने भएकाले चिसो बढ्न सक्ने, दैनिक जनजीवन, पर्यटन, पदयात्रा, स्वास्थ्य तथा हवाई र सडक यातायातमा प्रभाव पर्न सक्ने देखिएको छ। यस कारण आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

 


Thali Mobile Pvt.Ltd.