भर्खरै : Sorry, your browser does not support inline SVG.
स्वास्थ्य मन्त्रालयमा यौन दुर्व्यवहारविरुद्ध कडा आचारसंहिता, उजुरी परेको ७ दिनभित्र छानबिन गर्नुपर्ने | घुस लिएको भिडियो सार्वजनिक भएपछि बाँकेका दुई ट्राफिक प्रहरी निलम्बित | दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुर्‍याउन किसानको माग, उत्पादन लागत बढेको गुनासो | बोडेको होल्डिङ सेन्टरमा सुकुमबासीलाई खाना खान रोक, सडकमै बसेर भोजन गर्न बाध्य | न्युजिल्यान्डमा त्रिशङ्कु संसद् : सरकार बनाउन प्रधानमन्त्री लक्सनलाई सात सिटे दलको साथ चाहिने | रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी | पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी | अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित |

इरानमा मृत्युदण्ड तीव्र वृद्धि, मानवअधिकारवादी र अन्तर्राष्ट्रिय समुदाय चिन्तित

इरानमा मृत्युदण्ड तीव्र वृद्धि, मानवअधिकारवादी र अन्तर्राष्ट्रिय समुदाय चिन्तित

मुख्य बुँदा

सन् २०२५ को शुरूआतदेखि अहिलेसम्म कम्तीमा १,००० जनालाई मृत्युदण्ड

आइएचआरले यो प्रवृत्तिको कडा आलोचना

गएको हप्तामात्रै ६४ जनालाई मृत्युदण्ड

विरोध–प्रदर्शन र इजरायलसँगको द्वन्द्वपछि मृत्युदण्डको प्रयोग तीव्र

झण्डै ५० प्रतिशत मृत्युदण्ड मादक पदार्थसम्बन्धी गैर–घातक अपराधमा

संयुक्त राष्ट्रलगायत अन्तर्राष्ट्रिय निकायलाई मानवताविरुद्धको अपराधका रूपमा हेर्न अपील

एजेन्सी, ८ असोज । गैरसरकारी संस्था इरान मानवअधिकार (आईएचआर) ले जानकारी दिएको छ कि सन् २०२५ को शुरूआतदेखि अहिलेसम्म कम्तीमा १,००० जनालाई इरानमा मृत्युदण्ड दिइएको छ। संस्थाले यसलाई कडा आलोचना गरेको छ।

आईएचआरलाई उद्धृत गर्दै एएफपीले जनाएको छ कि गएको हप्तामात्रै ६४ जनालाई मृत्युदण्ड दिइएको थियो। मानवअधिकारकर्मीहरूले बताए अनुसार, पछिल्ला वर्षहरूमा देखा परेका विरोध–प्रदर्शन र इजरायलसँगको द्वन्द्वपछि इरानले मृत्युदण्डलाई अझ तीव्र रूपमा प्रयोग गर्दै आएको छ।

इरानी संस्थाले संयुक्त राष्ट्रसंघ लगायत अन्तर्राष्ट्रिय निकायलाई यस प्रवृत्तिलाई मानवताविरुद्धको अपराधका रूपमा गम्भीरतापूर्वक हेर्न अपील गरेको छ। आइएचआरका अनुसार झण्डै ५० प्रतिशत मृत्युदण्ड मादक पदार्थसम्बन्धी गैर–घातक अपराधमा दिइएका छन्।

 


Thali Mobile Pvt.Ltd.