भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

तुइनखोलाको पहिरो पन्छाउन अझै केही दिन लाग्ने, वैकल्पिक सडक प्रयोग गर्न प्रशासनको आग्रह

तुइनखोलाको पहिरो पन्छाउन अझै केही दिन लाग्ने, वैकल्पिक सडक प्रयोग गर्न प्रशासनको आग्रह

मुख्य बुँदा

तुइनखोलामा सुख्खा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक बन्द

आज सडक खुल्ने सम्भावना न्यून, पानी नपरे भोलि रातिसम्म पन्छाउने योजना

प्रशासनले खैरेनीटार–डेढगाउँ मार्ग प्रयोग गर्न आग्रह

दशैं यात्रुहरू सडक बन्द हुँदा मारमा

धादिङ खण्ड खुले पनि धार्के–सितापाइला मार्ग अझै अवरुद्ध

चितवन, ९ असाेज । मुग्लिन–नारायणगढ सडक खण्डमा पर्ने तुइन खोला नजिकै खसेको सुख्खा पहिरो पन्छाउने काम बिहानैदेखि सुरु भएको छ। तर, ठूलो पहिरोका कारण तत्काल सडक खुल्ने सम्भावना न्यून देखिएको छ।

हिजो बेलुकी ६ बजेपछि ठूलो वर्षा भएपछि पहिरो पन्छाउने काम रोकिएको थियो। मंगलबार दिउँसो तुइन खोला पुल नजिकै खसेको पहिरोले सडक आवागमन पूर्णरूपमा बन्द भएको हो। चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार आज दिनभरमा बाटो पन्छाउन नसकिने देखिएको छ।

पानी नपरेमा भोलि रातिसम्म पहिरो पन्छाएर शनिबार बिहानसम्म यातायात सञ्चालनमा ल्याउन सकिने उनले बताएका छन्।मुग्लिन–नारायणगढ सडकको विकल्पमा तनहुँको खैरेनीटार हुँदै डेढगाउँ निस्कने मार्ग प्रयोग गर्न सकिने स्थानीय प्रशासनले जनाएको छ। यो सडकलाई गण्डकी प्रदेश सरकारले गौरवको योजनाको रूपमा निर्माण गरिरहेको छ।

गत शुक्रबार साँझ पहिरो खस्दा करिब ४६ घण्टा मुग्लिन–नारायणगढ सडक बन्द भएको थियो। दशैंको भीडमा सडक बन्द हुँदा हजारौं यात्रु मारमा परेका थिए।

यसैबीच हिजो साँझ अवरुद्ध भएको पृथ्वी राजमार्गको धादिङ खण्ड बिहान ३ बजेदेखि सञ्चालनमा आएको छ भने धार्के–सितापाइला वैकल्पिक मार्ग भने अझै बन्द रहेको छ।

 


Thali Mobile Pvt.Ltd.