भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

हतियार उपलब्ध नगराएको भन्दै अमेरिकाप्रति इजरायलको असन्तुष्टि

हतियार उपलब्ध नगराएको भन्दै अमेरिकाप्रति इजरायलको असन्तुष्टि

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफूहरुलाई हतियार र गोलाबारुद उपलब्ध नगराएको भन्दै अमेरिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले अमेरिकी राष्ट्रपति जो बाइडेन र उनी नेतृत्वको प्रशासनले इजरायलका लागि आवश्यक हतियार र गोला बारुद उपलब्ध नगराएकोमा असन्तुष्टि व्यक्त गरेको बीबीसीले जनाएको छ ।

नेतान्याहुले युद्धको सुरुवातदेखि नै अमेरिकाले दिएको समर्थनलाई आफूले कदर गरेको तर पछिल्लो समय अमेरिकाले इजरायलमा हातहतियार र गोलाबारुद पठाउन ढिलाई गरेकोप्रति असन्तुष्टि रहेको बताए। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँगको कुराकानीमा उनले इजरायल अमेरिकाको सबैभन्दा नजिकको मित्र रहेको र अहिले इरानसँग लडिरहेको बताएका छन् ।

ब्लिन्केनले हातहतियारबारेको अवरोधलाई हटाउन काम गरिरहेको र छिटै समस्या समाधान गर्ने आश्वासन दिएका छन् । बाइडेन प्रशासनले गाजामा सर्वसाधारणको हत्याप्रति चिन्ता व्यक्त गर्दै गएको मे महिनादेखि हतियारको आपूर्तिमा ढिलाइ गर्दै आएको छ ।एजेन्सी

 


Thali Mobile Pvt.Ltd.