भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

इजरायलले उत्तरी गाजामा प्यालेस्टाइनी प्रवेश गर्न रोक लगायो

इजरायलले उत्तरी गाजामा प्यालेस्टाइनी प्रवेश गर्न रोक लगायो

एजेन्सी । इजरायलले उत्तरी गाजामा प्यालेस्टाइनी प्रवेश गर्न रोक लगाएको छ । हमासले युद्धविरामको उल्लङ्घन गरेको भन्दै प्रवेश रोक लगाएको हो ।

इजरायलले मुख्य सडक नै अवरुद्ध गरेको छ । शनिबार हमासले चार जना इजरायली महिला सैनिकलाई रिहा गरेपछि विवाद शुरु भएको हो ।

इजरायलको आक्रमणका कारण हजारौँ प्यालेस्टाइनीहरु उत्तरी गाजाबाट विस्थापित भएका थिए । युद्धविराम सम्झौता भएपछि केही मानिस आफ्नो घर फर्किएपनि इजरायलले अहिले प्यालेस्टाइनीलाई आफ्नै घरमा जान समेत रोकेको छ ।

अर्बल युहूदलाई रिहा नगरेसम्म उत्तरी गाजामा कुनै पनि नागरिकलाई प्रवेशमा रोक लगाइएको इजरायलले जनाएको छ । हमासले भने यहूद जीवित रहेको र अर्को हप्ता रिहा हुने बताएको छ ।

सम्झौता अनुसार शनिबार हमासले इजरायली नागरिक अर्बल येहूदलाई पनि रिहा गर्नुपर्ने थियो । हमासले सैनिकहरूभन्दा पहिले नागरिकहरूलाई रिहा गर्नुपर्ने विषय सम्झौतामा उल्लेख छ ।

 


Thali Mobile Pvt.Ltd.