भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

इजरायलद्वारा ट्राभल एडभाइजरी जारी

इजरायलद्वारा ट्राभल एडभाइजरी जारी

एजेन्सी । इजरायलले ट्राभल एडभाइजरी निकालेको छ । भारतमा रहेको इजरायली दूतावास नजिक भएको विस्फोटलाई ‘सम्भावित आतङ्कवादी हमला’ को संज्ञा दिँदै उक्त ट्राभल एडभाइजरी गरेको हो ।

इजरायली दूतावासका प्रवक्ता गाय नीरले दिल्ली पुलिस र सुरक्षा टोलीहरूले विस्फोटको घटनाबारे अनुसन्धान गरिरहेको बताएका छन् । यस्ता घटना फेरि हुने सम्भावना व्यक्त गर्दै इजरायलले ट्राभल एडभाइजरी निकालेको बीबीसीको खबरमा उल्लेख छ ।

इजरायलको राष्ट्रिय सुरक्षा परिषद्ले भारतमा रहेका आफ्ना नागरिकका लागि ट्राभल एडभाइजरी निकालेको हो । हिजो नयाँ दिल्लीको चाणक्यपुरीमा रहेको इजरायली दूतावास नजिकै विस्फोट भएको थियो ।

सुरक्षा परिषद्ले इजरायली नागरिकहरूलाई भिडभाड हुने ठाउँहरू र विशेषगरी विदेशीहरू, इजरायलीहरू र यहूदीहरूको भ्रमण गर्ने ठाउँहरूमा नजान चेतावनी दिएको छ । यस्तै, उनीहरुलाई सकेसम्म आफ्नो पहिचान नखुलाउन र सामाजिक सञ्जालमा आफ्ना यात्राका योजनाहरू आदानप्रदान नगर्न पनि भनिएको छ ।

इजरायली नागरिकहरूलाई रेस्टुरेन्ट, होटल, पबजस्ता सार्वजनिक ठाउँमा सतर्क रहन पनि अपिल गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.