भर्खरै : Sorry, your browser does not support inline SVG.
ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर | सुस्तामा डुबानको जोखिम बढेपछि स्थानीय आफैं तटबन्ध निर्माणमा, नदी कटान रोक्न दिनरात खटिए | निर्मला पन्त प्रकरणमा गृहमन्त्रीको प्रतिप्रश्न : ‘हजुरहरू सत्तामा हुँदा किन गर्नुभएन?’ | विदेशबाट फर्किने नेपालीलाई सरकारको आग्रह : अपरिचितको सुन तथा बहुमूल्य सामान नल्याउनुहोस् | चार महिनापछि खुल्यो काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय, पठन सेवा साउन २५ देखि | ३० जिल्लामा बाढीको जोखिम, नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | सरकारी कर्मचारीको नयाँ तलबमान लागू, मासिक तलब ३६ हजार ७०० देखि १ लाख ४ हजार रुपैयाँसम्म | कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा |

इजरायली सेनाद्वारा यमनका हुथी नियन्त्रणमा रहेका तीन बन्दरगाहमा हवाई आक्रमण

इजरायली सेनाद्वारा यमनका हुथी नियन्त्रणमा रहेका तीन बन्दरगाहमा हवाई आक्रमण

काठमाडौँ,  २३ असार । इजरायली सेनाले यमनका हुथी विद्रोहीहरूको नियन्त्रणमा रहेका होदेदाह, रास ईसा, र सालिफ बन्दरगाह र रस कान्तिब पावर स्टेशनमा हवाई आक्रमण गरेको छ। करिब एक महिनापछि यमनमाथि भएको यो पहिलो इजरायली हमला हो।

इजरायली सेनाका अनुसार आक्रमणको कारण हालै यमनबाट इजरायलमाथि लगातार प्रक्षेपास्त्र प्रहार भएकाे जनाएकाे छ । इजरायली सेनाले दाबी गरेअनुसार, यी बन्दरगाहहरूबाट हुथीहरूद्वारा इजरायल र रेड सी क्षेत्र लक्षित आक्रमण गरिँदै आएको छ।

इजरायली हमलाको केही घण्टापछि यमनबाट इजरायलतर्फ पुनः दुईवटा मिसाइल प्रक्षेपण गरिएको थियो। ती मिसाइलहरूलाई रोक्ने प्रयास गरिएको भए पनि त्यसको परिणामबारे समीक्षा भइरहेको इजरायली सेनाले जनाएको छ। हालसम्म कुनै क्षति वा घाइतेको खबर छैन।

हुथीहरूद्वारा नियन्त्रित टेलिभिजन ‘अल–मसिराह’का अनुसार, होदेदाह बन्दरगाह क्षेत्रमा भएका आक्रमणले त्यहाँको मुख्य विद्युतगृह ध्वस्त भएको र सहर अन्धकारमा डुबेको छ। इजरायली सेनाले ‘ग्यालेक्सी लिडर’ नामको कार्गो जहाजलाई पनि लक्ष्य बनाएको जनाएको छ, जुन सन् २०२३ को नोभेम्बरमा हुथीहरूले कब्जा गरेका थिए।

इजरायली दावी अनुसार, हुथीहरूले उक्त जहाजमा राडार जडान गरी अन्तर्राष्ट्रिय जलमार्गमा आवागमन निगरानी गरिरहेका थिए। हुथी प्रवक्ताले भने इजरायली आक्रमणविरुद्ध स्वदेशमै निर्मित सतह–देखि–आकाश मिसाइलहरू प्रयोग गरी प्रतिकार गरिएको बताएका छन्।

साथै, होदेदाह नजिकैको एक जहाजमाथिको आक्रमणपछि त्यसका कर्मचारीले जहाज छाडेर भाग्नु परेको पनि अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्।

सन्दर्भ: गाजामा अक्टोबर २०२३ देखि सुरु भएको युद्धपछि हुथीहरू इजरायल र रेड सीमा रहेका अन्तर्राष्ट्रिय व्यापारिक जहाजहरूलाई लक्षित गर्दै आएका छन्। इजरायली सेनाले हालसम्म हुथी लक्ष्यहरूमा पटक–पटक प्रतिकारात्मक कारबाही गर्दै आएको छ।

 


Thali Mobile Pvt.Ltd.