भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

लुम्बिनीका अर्थमन्त्री चढेको गाडी दुर्घटना, मन्त्रीको अवस्था सामान्य

लुम्बिनीका अर्थमन्त्री चढेको गाडी दुर्घटना, मन्त्रीको अवस्था सामान्य

दाङ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की सवार गाडी दुर्घटनामा परेको छ ।

तुलसीपुर उपमहानगरपालिकाको शितलपुरमा गाडी दुर्घटनामा परेको हो ।

कार्यक्रम सकेर अर्थमन्त्री मास्की मन्त्रालय फर्किँदै गरेको अवस्थामा दुर्घटनामा परेको स्वकीय सचिव शम्भु गौतमले बताए ।

एक्कासी बच्चा सडकमा आएपछि बचाउने क्रममा गाडी सडकबाट हुत्तिएर झाडीमा पुगेको उनको भनाइ छ ।

दुर्घटना हुँदा मन्त्रीलाई सामान्य चोटपटक लागेको गौमतले बताए । लु १ झ ७३८ नम्बरको गाडी दुर्घटनामा परेको हो ।

उक्त गाडीमा मन्त्री, स्वकीय सचिव, पिएसओ, भान्से र चालक गरी ५ जना सवार थिए ।

 


Thali Mobile Pvt.Ltd.