मनहरी (मकवानपुर) । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पाठेघरको मुखको क्यान्सर चुनौतीका रूपमा रहेकाले रोग लुकाएर राख्नुभन्दा समयमा उपचार गराउन आग्रह गरेका छन् । उनले रोगको सुरुआतमै उपचार गरेर निर्मूल पार्नुपर्नेमा जोड दिए ।
आज मकवानपुरको हेटौँडा–१० स्थित ज्ञानदा माध्यमिक विद्यालयबाट सुरु एचपिभी खोप अभियानको उद्घाटन गर्दै मुख्यमन्त्री लामाले नेपालमा बर्सेनि हजारौँ महिलाहरू पाठेघरको मुखको क्यान्सरबाट प्रभावित भइरहेको बताए । नेपालमा दैनिक चार जना महिलाले पाठेघरको मुखको क्यान्सरबाट मृत्युवरण गर्नुपरेको बताउँदै उक्त भयावह अवस्थालाई नियन्त्रण गर्न तीन तहको सरकारको समन्वयमा एचपिभी खोप अभियान सुरु गरिएको उनको भनाइ थियो ।
मुख्यमन्त्री लामाका अनुसार पछिल्लो समय क्यान्सर प्राणघातक रोगसँगै आर्थिक रूपले पनि जटिल बनिरहेको छ । क्यान्सरको उपचारमा भन्दा सहायक रोगको व्यवस्थापनमा बढी खर्च हुने गरेको उनले बताए । कार्यक्रममा प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले नेपालमा नसर्ने रोगबाट मृत्यु हुने दर बढ्दो रहेको बताए । उनले ७० प्रतिशत मानिसको नसर्ने रोगबाट मृत्यु भइरहेको बताउँदै नसर्ने रोगको क्षति रोक्नुपर्ने चुनौती रहेको बताए । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । लेबनामा २५ भन्दा बढी व्यक्तिलाई गिरफ्तार गरिएको छ । लेबनानी अधिकारीहरूले लेबनानमा नेपाली शान्ति सेनामाथि आक्रमण गर्ने २५ जनालाई पक्राउ गरेको जनाएको हो । संयुक्त राष्ट्र र...
खोटाङ । खोटाङमा भीषण आगलागीबाट तीन वटा होटल र एउटा लघुवित्तको कार्यालय जलेर पूर्णतः नष्ट भएको छ। हलेसी तुवाचुङ नगरपालिका– ७ महादेवस्थानको हलेसी बजारमा भएको आगलागीबाट होटल तथा कार्यालय...
काठमाडौँ । सुनको मूल्यमा उच्च अंकको गिरावट आएको छ । नेपाली बजारमा आइतबार सुनको मुल्यमा उच्च गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार चाँदीको मूल्य पनि...
काठमाण्डौ । प्राविधिक ज्ञानको कमीका कारण दुर्घटना भएको छ । पोखरामा भएको बेलुन दुर्घटनामा लापरवाहीसँगै प्राविधिक ज्ञानको कमीका कारण भएको विज्ञहरुले बताएका हुन । पोखरा भ्रमण वर्षको शुभारम्म कार्यक्रममा...