भर्खरै : Sorry, your browser does not support inline SVG.
होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने | धादिङको गजुरीमा सुख्खा पहिरो खस्यो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध | कर्णाली नदीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता | इरानको दाबी : आफ्ना तीन लडाकु पाइलट कतारको हिरासतमा | जाजरकोटको भेरी पहिरोमा आमा-छोरा मृत फेला |

चितवनमा रवि लामिछानेसहित १५ जनाविरुद्ध पूरक मुद्दा

चितवनमा रवि लामिछानेसहित १५ जनाविरुद्ध पूरक मुद्दा

काठमाडौँ । चितवन जिल्ला अदालतमा रास्वपा सभापति एवं गोर्खा मिडिया नेटवर्का प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित १५ जनाविरुद्ध पूरक मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिल कार्यालय चितवनले मंगलबार पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेसहित १५ जनाविरुद्ध पूरक अभियोग पत्र दायर गरेको हो।

सहारा सहकारीको बचत रकम अपचलनका आरोपमा सरकारी वकिल कार्यालय चितवनले यसअघि जीबी राईसहित १७ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। कार्यालयले १२ जनाविरुद्ध ठगीसँगै संगठित अपराधमा पनि कारबाही गर्न माग गर्दै पूरक मुद्दा दायर गरेको हो। लामिछानलेलाई भने ठगीमा कारबाही गर्न माग गरिएको छ।

लामिछाने ‍यसअघि कास्कीको सूर्यदर्शन सहकारीको मुद्दामा ६५ लाख, काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको मुद्दामा ६५ लाख र रुपन्देहीको सुप्रिम सहकारीको मुद्दामा एक करोड धरौटी छुटेका थिए।

लामिछानेबाहेक गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशी, नेचर हर्बस इन्टरनेसनलका सञ्चालक रामबहादुर खनाल, रविना रिमाल, विशाल तामाङ, नवीन अछामी, कविता तामाङ, दीपक लामा, असरफअलि सिद्धिकी, भगवती बोमजोन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणि बाँस्तोला, शिवबहादुर गुरुङ र प्रगति श्रेष्ठलाई प्रतिवादी बनाइएको छ। अन्य ६ वटा संस्थालाई पनि प्रतिवादी बनाइएको छ। रासस

 


Thali Mobile Pvt.Ltd.