भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ

जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ

मुख्य बुँदा

जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायी दीपक कुमार थापाको मृत्यु।

थापा ३२ वर्षीय थिए।

साउन २५ गते समूहले कुटपिट गरेको प्रहरीको भनाइ।

उपचारका क्रममा साउन २८ गते नेपालगञ्जमा मृत्यु।

घटनामा संलग्न रहेको आरोपमा पाँच जना पक्राउ।

पक्राउ परेकामाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको।

जिल्ला अदालतबाट पहिलो पटक १० दिनको म्याद थप।

जाजरकोट, १ भदौ । जाजरकोटमा कुटपिटबाट गम्भीर घाइते भएका एक औषधी व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको छ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार दैलेखको नारायण नगरपालिका घर भई जाजरकोटको भेरी नगरपालिका–११ जगतिपुरमा औषधी पसल सञ्चालन गर्दै आएका ३२ वर्षीय दीपक कुमार थापाको उपचारका क्रममा मृत्यु भएको हो।

प्रहरीका अनुसार गत साउन २५ गते राति करिब ९ बजे भेरी नगरपालिका–१० नुवागाउँमा थापालाई भेरी नगरपालिका–८ का ३३ वर्षीय बिरेन्द्र खत्रीसहितको समूहले हातमुक्का प्रयोग गरी कुटपिट गरेको थियो।

कुटपिटबाट गम्भीर घाइते भएका थापालाई उपचारका लागि रुकुम पश्चिमस्थित मिसन अस्पताल चौरजहारी लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्जस्थित केयर सिटी अस्पतालमा लगिएको थियो।

उपचारकै क्रममा साउन २८ गते बिहान १ः२० बजे थापाको मृत्यु भएको प्रहरीले जनाएको छ।घटनामा संलग्न रहेको आरोपमा प्रहरीले साउन २९ गते पाँच जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भेरी नगरपालिका–८ का ३३ वर्षीय बिरेन्द्र खत्री, वडा नम्बर ९ का २१ वर्षीय निरज रोकाय, सोही वडाका २१ वर्षीय शिशिर योगी गोसाई, २४ वर्षीय लक्ष्मण रोकाय र २८ वर्षीय बिनोद गोसाई रहेका छन्।

पक्राउ परेका उनीहरूमाथि जाजरकोट जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा पहिलो पटक १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सुधिर कुमार खड्काले जानकारी दिएका छन्। प्रहरीले घटनाको कारण तथा अन्य पक्षबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.