भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

यसरी ढल्यो जम्कट्टेल सरकार, काँग्रेस ७ एमालेका ६ मन्त्री बन्दै

यसरी ढल्यो जम्कट्टेल सरकार, काँग्रेस ७ एमालेका ६ मन्त्री बन्दै

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकार ढलेको छ । प्रदेशसभा बैठकमा राजीनामा घोषणा गरेसँगै माओवादी केन्द्रबाट १८ महिना सरकार सञ्चालन गरेका जम्कट्टेल सत्ताबाहिर पुगे ।

एमाले कांग्रेस सत्ता समीकरण बनेसँगै सङ्कटमा परेका मुख्यमन्त्री जम्कट्टेलले संसदबाट बहुमत जुटाउन नसक्ने भएपछि राजीनामा दिएर बाहिरिएका हुन् । एमाले, एकीकृत समाजवादी, माओवादी केन्द्र र हाम्रो नेपाली पार्टीको गठबन्धनबाट सरकारको नेतृत्व सम्हाल्दै आएका जम्कट्टेल असार २४ गतेबाट अल्पमतमा परेका थिए ।

मन्त्रालय भागबन्डाः कांग्रेस ७, एमाले ६ मन्त्री बन्दै
एमाले र कांग्रेसबीच मन्त्रालय भागबन्डा भएको छ । कुल १३ मन्त्रालयमध्ये नेपाली कांग्रेसको भागमा ७ र एमालेको भागमा ६ वटा मन्त्रालय पर्ने गरी भागबन्डा भएको हो ।

बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका बहादुर सिंह लामाले आज ११ बजे दाबी पेस गर्ने भएका छन् ।बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री जम्मकट्टेलले दिएको राजीनामा स्वीकृत गर्दै नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आज साँझ ५ बजेसम्म समय सीमा दिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.