भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

जनमतबाट फुटेको जनस्वराज पार्टीलाई सर्वोच्चद्वारा मान्यता अस्वीकार

जनमतबाट फुटेको जनस्वराज पार्टीलाई सर्वोच्चद्वारा मान्यता अस्वीकार

काठमाण्डौ, २८ कार्तिक । जनमत पार्टी फुटेर गठन गरिएको जनस्वराज पार्टीलाई सर्वोच्च अदालतले मान्यता दिन अस्वीकार गरेको छ।

सर्वोच्चका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल तथा न्यायाधीशहरू सुनीलकुमार पोखरेल र मेघराज पोखरेलको पूर्ण इजलासले दल विभाजनबाट बनेको जनस्वराज पार्टीलाई मान्यता नदिने निर्णय सुनाएको हो।

फैसलामा राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ ले ऐनको दफा ३३ को उपदफा (२) मा गरेको परिवर्तनका आधारमा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम ५ मा गरिएको संशोधनका आधारमा निर्वाचन आयोगले २०८२ असोज २८ गते जनस्वराज पार्टी दर्ता गरेको निर्णय कानुनसम्मत नरहेको उल्लेख गरिएको छ।

साथै, अब उक्त अध्यादेश निष्क्रिय भइसकेको तथा साविक प्रावधान नै लागू हुने भएकाले दल दर्ता प्रक्रिया पनि त्यही अनुसार मानिने फैसलामा उल्लेख छ।

 


Thali Mobile Pvt.Ltd.