भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

जसपा नेपालले फिर्ता लियो लुम्बिनी सरकारलाई दिएको समर्थन

जसपा नेपालले फिर्ता लियो लुम्बिनी सरकारलाई दिएको समर्थन

काठमाडौं । जनता समाजवादी पार्टी(जसपा),नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। गत असार ५ गते बसेको लुम्बिनी प्रदेश समितिको निर्णयअनुरूप सरकारलाई दिएको समर्थन फिर्ता लिएको प्रमुख सचेतक अम्बिका काफ्लेले जानकारी दिइन्।

पार्टी आजैबाट प्रतिपक्षी दलको भूमिकामा बस्ने पनि उनले बताएकी छन्। लुम्बिनीमा जसपा नेपालका तीन जना सांसद छन्। त्यसमध्ये आदेशकुमार अग्रवाल र भण्डारीलाल अहिर विभाजित जनता समाजवादी पार्टीतिर खुलेका छन्।

महरालाई अहिले नेकपा (एमाले)का २९, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्तिका ४, जसपाका २ र एकीकृत समाजवादीका एक १ सांसदको समर्थन छ।

 


Thali Mobile Pvt.Ltd.