भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

बाजुरामा नुन अभाव

बाजुरामा नुन अभाव

काठमाडौं । बाजुरामा गत चैतदेखि नै आयोडिनयुक्त नुनको अभाव भएको छ । नुनको अभाव भएपछि साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड बाजुराले हप्तामा एकदिन मात्र वितरण गर्ने गरेको छ । जसले गर्दा बाजुराबासीलाई बिक्री केन्द्रमा घण्टौं लाइन बस्दा पनि खाली हात फर्कनुपर्ने अवस्था छ । भीडभाड भएपछि साल्ट ट्रेडिङले प्रहरीको सुरक्षामा नुन बिक्री गरिरहेको छ ।

कोटा कम हुँदा, वर्षात्‌को समयमा नुन ढुवानी गर्न समस्या हुँदा र तस्करीले गर्दा अभाव भएको साल्ट ट्रेडिङ कार्यालय बाजुराका प्रमुख टेकबहादुर बोहोराले बताएका छन् । ढुवानी अनुदानको नुन प्रतिकेजी ९ रुपैयाँमा बिक्री हुने गरेको छ । सरकारले बाजुराको मार्तडी, कोल्टी, मौरे र कवाडी डिपोमा आवश्यकताभन्दा कम नुन दिने गरेको कर्मचारीहरू बताउँछन् ।

डिपोमा ९ रुपैयाँ पर्ने अनुदानको नुन बजारमा ५० रुपैयाँसम्म बिक्री हुने गरेको स्थानीयवासीको भनाइ छ । साल्ट ट्रेडिङ बाजुराका प्रमुख बोहोरा बजारको भन्दा डिपोमा सस्तो मूल्यमा पाइने भएकाले तस्करी हुँदा समस्या भएको बताउँछन् । अनुदानको नुन डिपोबाट आवश्यकताभन्दा बढी लिएर बजारमा बिक्री गरेको पाइएपछि अहिले नागरिकता हेरेर कोटामा नुन बाँड्न थालेको बोहोराले जानकारी दिए ।

 

 

 


Thali Mobile Pvt.Ltd.