भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गर्न गृह मन्त्रालयको परिपत्र

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गर्न गृह मन्त्रालयको परिपत्र

काठमाण्डौ, २६ कार्तिक । सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको आधिकारिक वर्गीकरण प्रक्रिया औपचारिक रूपमा प्रारम्भ गरेको छ। गृह मन्त्रालयले सोमबार देशभरका सबै जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र पठाउँदै, घाइतेहरूको वर्गीकरण कार्य तत्काल सुरू गर्न निर्देशन दिएको हो।

गृह मन्त्रालयको राहत तथा तथ्याङ्क व्यवस्थापन शाखाबाट जारी परिपत्रअनुसार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वीकृत गरेको ‘जेनजी प्रदर्शनका घाइतेहरूको वर्गीकरण सम्बन्धी कार्यविधि, २०८२’ कार्यान्वयन गर्न भनिएको छ।

परिपत्रमा प्रत्येक जिल्लामा वर्गीकरण सहजीकरण समिति गठन गरी सात दिनको सार्वजनिक सूचना प्रकाशित गर्न र त्यसपछि घाइते तथा अपाङ्गता भएका व्यक्तिहरूको वर्गीकरण कार्य यथाशीघ्र सम्पन्न गर्न निर्देशन दिइएको छ।

गृह सचिवस्तरीय निर्णयअनुसार, यसअघि ‘जेनजी घाइते परिचयपत्र’ प्राप्त गरिसकेका व्यक्तिहरूले आफूलाई सहज पर्ने जुनसुकै जिल्ला प्रशासन कार्यालयमा पुगेर वर्गीकरण प्रक्रियामा सहभागी हुन सक्ने व्यवस्था गरिएको छ।

वर्गीकरण प्रक्रिया पूरा भएपछि जिल्ला समितिहरूले तयार पारिएको विवरण स्वास्थ्य मन्त्रालयको जेनजी प्रदर्शन घाइतेहरूको प्राविधिक समितिमा पठाउनेछन्। त्यसको प्रतिलिपि गृह मन्त्रालयमा पनि पठाइने परिपत्रमा उल्लेख छ।

 


Thali Mobile Pvt.Ltd.