भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

झापामा जंगली हात्तीको आक्रमणबाट ६२ वर्षीया महिलाको मृत्यु

झापामा जंगली हात्तीको आक्रमणबाट ६२ वर्षीया महिलाको मृत्यु

काठमाडौं,३१ जेठ । झापाको मेचीनगर नगरपालिका–४ मा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापा का प्रहरी निरीक्षक विजय चौहान का अनुसार स्थानीय ६२ वर्षीया पद्मा पौडेल को आज बिहान हात्तीको आक्रमणबाट ज्यान गएको हो।

प्रहरीका अनुसार बिहान घरबाट बाहिर निस्कने क्रममा उहाँमाथि हात्तीले आक्रमण गरेको थियो। घटनास्थलमै गम्भीर घाइते भएकी पौडेलको मृत्यु भएको जनाइएको छ।

मृतकको शव परीक्षणका लागि मेची प्रादेशिक अस्पताल मा राखिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

 


Thali Mobile Pvt.Ltd.