भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना सङ्क्रमण,चुनावी अभियान प्रभावित हुने

अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना सङ्क्रमण,चुनावी अभियान प्रभावित हुने

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना सङ्क्रमण भएको छ। राष्ट्रपति बाइडेनलाई कोरोनाको लक्षणसमेत देखिएको ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जीन पियरेले जानकारी दिएका छन्।

उनका अनुसार बाइडेनलाई अब आफ्नै निवासमा कोठाभित्र आइसोलेसनमा राखिने छ । राष्ट्रपति बाइडेनले कोरोनाको खोप प्याक्सलोभिडको पहिलो डोज लिईसकेको बीबीसीले जनाएको छ ।

अमेरिकामा चुनावी गतिविधि चर्कीरहेको बेला बाइडेन कोरोना सङ्क्रमण भएपछि उनको चुनावी अभियान प्रभावित हुने भएको छ । ८१ वर्षीय बाइडेनमाथि उम्मेदवार नबन्न चर्को दबाव छ । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.