भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

जो बाइडेन र डोनाल्ड ट्रम्पबीच बहस

जो बाइडेन र डोनाल्ड ट्रम्पबीच बहस

काठमाडौं । अमेरिकामा आउँदो नोभेम्बर ५ मा राष्ट्रपतिको चुनावको सन्दर्भमा पहिलो पटक राष्ट्रपतिका उम्मेदवारबीच बहस भएको छ । बहसमा वर्तमान राष्ट्रपति तथा डेमोक्र्याट नेता जो बाइडेन र उनका रिपब्लिकन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्प सहभागी भएका छन् । चार वर्षपछि दुवै नेता एकै कार्यक्रममा सँगै सहभागी भएका सीएनएनले जनाएको छ ।

सीएनएनले आयोजना गरेको टिभी बहसमा अवैध आप्रवासी, गर्भपतन, इजरायल–हमास युद्ध, रुस–युक्रेन युद्ध, रुस र चीन सम्बन्ध, बन्दुकबाट हुने अपराध, कर, महँगी, बेरोजगारी र जलवायु परिवर्तनजस्ता मुद्धामा छलफल भएको छ ।

बहसका क्रममा बाइडेनले ट्रम्पले धेरै विषयमा झुट बोल्ने गरेको आरोप लगाएका छन्। ट्रम्पले भने बाइडेन अमेरिकी इतिहासमा अहिलेसम्मकै असफल राष्ट्रपति भएको दाबी गरेका छन् । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.