भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

जो बाइडेन र डोनाल्ड ट्रम्पबीच बहस

जो बाइडेन र डोनाल्ड ट्रम्पबीच बहस

काठमाडौं । अमेरिकामा आउँदो नोभेम्बर ५ मा राष्ट्रपतिको चुनावको सन्दर्भमा पहिलो पटक राष्ट्रपतिका उम्मेदवारबीच बहस भएको छ । बहसमा वर्तमान राष्ट्रपति तथा डेमोक्र्याट नेता जो बाइडेन र उनका रिपब्लिकन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्प सहभागी भएका छन् । चार वर्षपछि दुवै नेता एकै कार्यक्रममा सँगै सहभागी भएका सीएनएनले जनाएको छ ।

सीएनएनले आयोजना गरेको टिभी बहसमा अवैध आप्रवासी, गर्भपतन, इजरायल–हमास युद्ध, रुस–युक्रेन युद्ध, रुस र चीन सम्बन्ध, बन्दुकबाट हुने अपराध, कर, महँगी, बेरोजगारी र जलवायु परिवर्तनजस्ता मुद्धामा छलफल भएको छ ।

बहसका क्रममा बाइडेनले ट्रम्पले धेरै विषयमा झुट बोल्ने गरेको आरोप लगाएका छन्। ट्रम्पले भने बाइडेन अमेरिकी इतिहासमा अहिलेसम्मकै असफल राष्ट्रपति भएको दाबी गरेका छन् । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.