भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अमेरिकी राष्ट्रपति बाइडेनलाई राष्ट्रपतिको उम्मेदवारबाट पछि हट्न दबाब

अमेरिकी राष्ट्रपति बाइडेनलाई राष्ट्रपतिको उम्मेदवारबाट पछि हट्न दबाब

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई आउँदो चुनावमा राष्ट्रपतिको उम्मेदवारबाट पछि हट्न दबाब बढेको छ । गएको हप्ता भएको राष्ट्रपतिको बहसपछि ८१ वर्षीय बाइडेन बढ्दो उमेर र स्वास्थ्य समस्याका कारण राष्ट्रपतिको उम्मेदवारको रूपमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई चुनौती दिन नसक्ने भन्दै डेमोक्रेटिक पार्टीभित्र उहाँले उम्मेदवारी छोड्नुपर्ने माग हुन थालेको हो ।

चौतर्फी दबाब बढ्न थालेपछि बाइडेनले आफ्नो परिवार र अभियानका अधिकारीसँग यस विषयमा छलफल गरिरहेका बीबीसीले जनाएको छ । उनले छिटै डेमोक्रेटिक पार्टीका सांसद र गभर्नरसँग पनि छलफल गर्ने बर्ताका छन्।

गएको जुन २८ मा आयोजित राष्ट्रपति बहसको क्रममा बाइडेन धेरै पटक हडबडिरहेका र कमजोर देखिएका भन्दै उनको उमेर र क्षमतामाथि पार्टीभित्रै प्रश्न उठिरहेको छ । डेमोक्रेटिक पार्टीबाट सम्भावित उम्मेदवारको समेत चर्चा शुरु भएको छ । वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र पूर्व प्रथम महिला मिचेल ओबामाको नाम सबैभन्दा अगाडि रहेको छ ।एजेन्सी

 


Thali Mobile Pvt.Ltd.