भर्खरै : Sorry, your browser does not support inline SVG.
सङ्क्रमणकालीन न्यायलाई प्राथमिकता दिन र दुवै आयोगमा पदाधिकारी नियुक्त गर्न राष्ट्रसंघको आग्रह | कर्णालीका मुख्यमन्त्री शाहीले सार्वजनिक गरे सय दिनका उपलब्धि | सेवा प्रवाह सहज बनाउन प्रदेश र स्थानीय तहमा थप कर्मचारी खटाइने | अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकनलाई धक्का, नर्थ क्यारोलाइनामा डेमोक्रेटको जित | विद्यार्थी राजनीतिदेखि जापानको संयोजकसम्म : रेशमकुमार डंगोलको संघर्षपूर्ण यात्रा | जुम्लाको दुर्गम गाउँदेखि विद्यावारिधिसम्म : एलपी देवकोटाको प्रेरणादायी कथा | प्रतिपक्षी दलको सरकारलाई दबाब : ‘तत्काल संसद् अधिवेशन बोलाऊ’ | कात्तिक १६ सम्म सात हजार ६८८ विपद्का घटना |

पाँच वर्षदेखि पुल निर्माण अधुरै

पाँच वर्षदेखि पुल निर्माण अधुरै

मुख्य बुँदा:

जुगल गाउँपालिका–१ र ५ जोड्ने ब्रह्मायणी नदीको मोटरेबल पक्की पुल पाँच वर्षदेखि अलपत्र

८ करोड रुपैयाँमा निर्माण ठेक्का सूर्य जेभी निर्माण कम्पनीले पाएको

ठेकेदार कम्पनीले जिम्मेवारी बेवास्ता, काम पेटी ठेकेदारमार्फत मात्र भइरहेको दाबी

सडक डिभिजन कार्यालय चरिकोटबाट भिओ नबनाइदा र बिल भुक्तानी रोकिएर कार्य प्रभावितस्थानीय वडाध्यक्ष र उपाध्यक्षले पुलको अभावले जोखिमपूर्ण झोलुङ्गे पुल प्रयोग गर्न बाध्य हुने बताउँछन्

निर्माण पूरा भएपछि साविक सेलाङ र गोल्चे गाविसका स्थानीय लाभान्वित हुने

सिन्धुपाल्चोक, ७ भाद्र। सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित ब्रह्मायणी नदीमा निर्माणाधीन मोटरेबल पक्की पुल पाँच वर्षदेखि अलपत्र परेको छ । दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी रु आठ करोडमा उक्त पुल निर्माण कार्यको ठेक्का सूर्य जेभी निर्माण कम्पनीले पाएको थियो ।

विसं २०७८ चैत २३ गते तत्कालीन सभामुख अग्निप्रसाद सापकोटाले जुगल गाउँपालिका–१ र ५ जोड्ने ६३ मिटर लामो पुलको शिलान्यास गरेका थिए । जुगल गाउँपालिका उपाध्यक्ष हिमाल श्रेष्ठका अनुसार स्थानीय सरकारले पटकपटक निर्माण कार्य अघि बढाउन आग्रह गरिए पनि ठेकेदार कम्पनीले बेवास्ता गरिरहेको छ ।

उपाध्यक्ष श्रेष्ठका अनुसार पुल बनेपछि साविकको सेलाङ र गोल्चे गाविसका स्थानीय लाभान्वित हुनेछन् । मुख्य ठेकेदारले पेटी ठेकेदारलाई निर्माणको काम जिम्मा दिएर ठेकेदार सम्पर्कविहीन हुँदै आएको श्रेष्ठ बताउँछन् ।

निर्माणको जिम्मा पाएको सूर्य जेभी निर्माण कम्पनीका प्रोप्राइटर गणेश आर्चाय ‘ड्रइङ डिजाइन’को ‘एप्रुभ’ भइसके पनि चरिकोट डिभिजन कार्यालयले भिओ नबनाइदिएको कारण काम सुरु नभएको बताउँछन् । “हामी पुलको काम तत्कालै गर्न चाहन्थ्यौँ तर सडक डिभिजन कार्यालय चरिकोटले भिओ नबाइदिएको कारण काम गर्न गाह्रो भयो”, उनले भने ।

सडक डिभिजन कार्यालय चरिकोटले दुई वर्षदेखिको बिल भुक्तानी नगरेको उनको दाबी छ ।पुलको बिचको पिलर १० इन्च फरक परेको र सोको ड्रइङ पुनः निर्माण गरेर एप्रुभ भइसकेकाले भिओ र बिल भुक्तानीको काम नरोकिने सडक डिभिजन कार्यालय चरिकोटका डिभिजन प्रमुख आकाश श्रेष्ठ बताउँछन् ।

जुगल गाउँपालिका–५ का वडाध्यक्ष रवीन्द्र घिमिरे पुल निर्माण कार्य अघि नबढ्दा जनताले सास्ती भोग्नुपरेको बताउँछन् । वडाध्यक्ष घिमिरे नदीमा वारिपारि गर्न झोलुङ्गे पुल भए पनि जीर्ण भएकाले जोखिम रहेको बताउँछन् । रासस

 


Thali Mobile Pvt.Ltd.