भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

उत्तर कोरियाद्वारा दुई नयाँ हवाई रक्षा मिसाइलको परीक्षण, किम जोङ उनले गरे अवलोकन

उत्तर कोरियाद्वारा दुई नयाँ हवाई रक्षा मिसाइलको परीक्षण, किम जोङ उनले गरे अवलोकन

प्योङयाङ,  ८ भाद्र । उत्तर कोरियाली सरकारी सञ्चार माध्यमका अनुसार शनिबार दुई नयाँ हवाई रक्षा मिसाइल परीक्षण गरिएको छ। परीक्षणका क्रममा देशका सर्वोच्च नेता किम जोङ उन स्वयं उपस्थित रहेर निरीक्षण गरेका थिए।

कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) ले ती मिसाइलहरूमा ‘उत्कृष्ट लडाइँ क्षमता’ र ‘अद्वितीय प्रविधि’ प्रयोग भएको बताएको छ। यद्यपि प्राविधिक विवरण भने खुलाइएको छैन।

केसीएनएले उल्लेख गरेको छ कि परीक्षणले ड्रोन र क्रूज मिसाइल जस्ता विभिन्न हवाई लक्ष्य नष्ट गर्न यी मिसाइल सक्षम रहेको प्रमाणित गरेको छ। यसअघि मंगलबार करिब ३० जना उत्तर कोरियाली सैनिकहरूले दुई देशबीचको असैन्यीकृत क्षेत्र पार गर्दा दक्षिण कोरियाले चेतावनीस्वरूप गोली चलाएको पुष्टि गरेको थियो।

संयुक्त राष्ट्रसंघीय कमान्डका अनुसार ती सैनिकहरू क्षणिक रूपमा सीमा नाघेर पुनः फर्किएका थिए।त्यसैबीच, उत्तर कोरियाले दक्षिण कोरियामाथि ‘जानाजानी उक्साउने गतिविधि’ गरेको आरोप लगाएको छ। यसै सन्दर्भमा दक्षिण कोरिया र अमेरिका सोमबारदेखि व्यापक सैन्य अभ्यासमा रहेका छन्।

 


Thali Mobile Pvt.Ltd.