भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

जुम्लामा आलु प्रदर्शनी मेला

जुम्लामा आलु प्रदर्शनी मेला

जुम्ला । जिल्ला सदरमुकाम खलङ्गा बजारमा एकदिने आलु प्रदर्शनी मेला आयोजना गरिएको छ। जिल्लास्थित कृषि विकास कार्यालय, भूमि समस्या समाधान आयोग र नेपाल पत्रकार महासङ्घको संयोजकत्वमा आज स्थानीय चन्दननाथ नगरपालिका–५ स्थित कृष्णमन्दिर प्राङ्गणमा मेला आयोजना गरिएको हो।

मेलामा जिल्लाका आठ वटै स्थानीय तहका उच्च भूभागमा फल्ने आलु सङ्कलन गरी प्रदर्शनी गरिएको कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले जानकारी दिए।

भूमि समस्या समाधान आयोगका विज्ञ–सदस्य सुमन आचार्यका अनुसार जिल्लाका आलु कृषकलाई प्रोत्साहित गरी आलुको बजारीकरण गर्न सहयोग पुर्‍याउने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीमा आलु किसानहरूको उल्लेख्य सहभागिता रहेको थियो। तिलाको ढिपु, हिमाको पाथरखोला, सिञ्जाको जुडु भाडगाउँ, कनकासुन्दरीको बोता, पातारासीको तीर्ख, तातोपानीको टोप्लालगायत उच्च भूभागमा उत्पादन हुने आलु सङ्कलन गरी प्रदर्शनीमा राखिएको थियो।

कृषि विकास कार्यालय प्रमुख अधिकारीका अनुसार गत वर्षको तुलनामा यस वर्ष जिल्लामा आलुखेती बढी भएको र उत्पादकत्व पनि वृद्धि भएको छ। आर्थिक वर्ष २०८०/०८१ मा दुई हजार दुई ४५ हेक्टर क्षेत्रफलमा आलुखेती गरिएकामा ३४ हजार चार सय ५० मेट्रिक टन उत्पादन भएको थियो।

यसैगरी चालु आवमा दुई हजार दुई सय ९० हेक्टर क्षेत्रफलमा खेती भई ३५ हजार नौ सय ३० मेट्रिक टन आलु उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ। रासस

 


Thali Mobile Pvt.Ltd.