भर्खरै : Sorry, your browser does not support inline SVG.
देशभर रेबिजविरुद्धको खोप अभाव, आपूर्ति मागभन्दा कम हुँदा स्वास्थ्य प्रणालीमा दबाब | सिथि नखः पर्वमा पानीका स्रोत सरसफाइ, नेवार समुदायको परम्परागत अभ्यास | राष्ट्र बैंकद्वारा सीईओको तलब-भत्ता सम्बन्धी नयाँ मार्गदर्शन जारी, पारिश्रमिकमा एकरूपता ल्याउने लक्ष्य | कृषि तथा पशुपन्छी अनुदान छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन | कोशी प्रदेशबाट मनसुन प्रवेश, केही स्थानमा चट्याङसहित मध्यम वर्षा र भारी वर्षाको सम्भावना | इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति, तर व्यवहारमा आक्रमण जारी रहेको दाबी | श्चिम एसियामा तनाव घटाउने प्रयास : नाकाबन्दी अन्त्यको घोषणा | नागरिकले आफैँ राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सक्ने सेवा सुरु |

खेलकुदमा लाग्नेहरु अब निराश बन्नुपर्दैन: खेलकुदमन्त्री

खेलकुदमा लाग्नेहरु अब निराश बन्नुपर्दैन: खेलकुदमन्त्री

काठमाडाैं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद शारीरिक स्वस्थ्यका लागि मात्र नभइ आर्थिक उपार्जनको माध्यम बन्दै गएको बताएका छन्।

व्यास नगर ब्याडमिन्टन क्लबले व्यास नगरपालिका–३ बिपी वन वाटिकामा निर्माण गरेको कभर्डहलको मंगलबार उद्घाटन गर्दै उनले खेलकुदमा लागेर खेलाडी बाँच्न सक्ने अवस्थाको विकास हुँदै गएकामा खुसी व्यक्त गरे। “खेलकुद शारीरिक, मानसिक विकासका लागि मात्र नभइ खेलाडीको जीवनयापन गर्ने बलियो माध्यमको रूपमा विकास हुँदै गएको छ”,मन्त्री चौधरीले भने, “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने नारा रहँदै आएको छ तर आज आर्थिक उपार्जनको आधार बन्दै गएको छ। यो खुसीको कुरा हो।”

नेपालमा केही समय पहिला भएको एनपिएल क्रिकेटले खेलाडीको आर्थिक जीवनस्तर सुधारका लागि महत्वपूर्ण काम गरेको र अब खेलाडी दिगो रूपमा यही खेलमा लागेर बाँच्न सक्ने अवस्था बनिरहेको उनको भनाइ थियो। मन्त्री चौधरीले कतिपय नेपाली खेलाडीले विदेशमा खेलेर देशको नाम उचो राख्न र आफ्नो आर्थिक अवस्था सुधारका लागि राम्रो आम्दानी गरिरहेका सुनाए।

“खेल क्षेत्रमा लागेकाहरूले अब निराश बन्नुपर्ने अवस्था छैन। सरकारले पनि सीमित आर्थिक स्रोतका कारण खेल क्षेत्रको विकासमा उल्लेख्य प्रगति गरिसकेको छैन। यसका बाबजुद सरकारले यस क्षेत्रमा उदाहरणीय काम गरिरहेको छ”, उनले भने। गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले जिल्लामा खेलकुदका पर्याप्त पूर्वाधार नभएकाले त्यसतर्फ ध्यान दिन मन्त्री चौधरीको ध्यानाकर्षण गराए।

जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले खेलकुद क्षेत्रको विकासका लागि स्थानीय सरकार लाग्नुपर्नेमा जोड दिए। व्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपानेले नगरपालिकाले खेल क्षेत्रका लागि पर्याप्त बजेट विनियोजन गरेको सुनाए। कार्यक्रममा नेपाली कांग्रेसका पूर्वसभापति रघुनाथ पौडेल, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव प्रदीपराज अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति विश्व बाँस्तोला, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापालगायतले खेलकुद राष्ट्र चिनाउने महत्वपूर्ण माध्यम भएकाले यसमा लगानी बढाउन आवश्यक रहेकामा जोड दिए।

व्यास नगरपालिकाको आर्थिक सहयोगमा कभर्डहल निर्माण गरिएको व्याडमिन्टन क्लबका अध्यक्ष जीवन गुरुङले जानकारी दिए। उनले व्यास नगरपालिकाले ८७ लाख ८५ हजार दुई सय ३४ सहयोग अन्य नगद सहभागिता र श्रमदान गरी ९६ लाख ६३ हजार सात सय ४७ को लागतमा कभर्डहल निर्माण भएको हो। रासस

 


Thali Mobile Pvt.Ltd.