भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध | सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप | राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै | नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर |

जुम्लामा घरमै पुग्यो राहदानी

जुम्लामा घरमै पुग्यो राहदानी

मुख्य बुँदा

जुम्लामा राहदानी घरमै पुर्‍याउने सेवा सुरु

हालसम्म १४९ थान राहदानी वितरण

हुलाकमार्फत बढीमा ३ दिनभित्र सेवा

सरकारी कागजात देखाएर मात्र राहदानी बुझ्न पाइने

शासकीय सुधार कार्यक्रमअन्तर्गत नयाँ व्यवस्था

काठमाण्डौ, ९ जेठ । जिल्ला प्रशासन कार्यालय जुम्लाले हुलाकमार्फत सेवाग्राहीको घरमै राहदानी पुर्‍याउन शुरु गरेको छ । जिल्लाका आठ वटै पालिकामा अहिलेसम्म १४९ थान राहदानी घरमै सेवाग्राहीको घरमै पुर्‍याइएका जिल्ला प्रशासन कार्यालय जुम्लाका राहदानी शाखाका प्रमुख नरबहादुर बुढाले जानकारी दिनुभयो ।

प्रशासन कार्यालय र हुलाक कार्यालय जुम्लाबीच सेवाग्राहीको राहदानी घरमै पुर्‍याउनका लागि भएको सम्झौताअनुसार गत वैशाख २४ गते ६१ थान राहदानी हल्काराबाट घरमै पुगेर प्रदान गरिएको छ ।

यसैगरी वैशाख २८ गते १९ वटा र यही जेठ ५ गते २५ वटा राहदानी घरमै पुर्‍याइएको छ । गत चैत १३ गते सरकारले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी १०० दिने कार्यसूचीअन्तर्गत जिल्लामा पहिलो पटक सेवाग्राहीको घरमै पुगेर राहदानी उपलब्ध गर्ने लागिएको प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको भनाइ छ ।
जिल्ला हुलाक कार्यालयमार्फत सम्बन्धित राहदानी धनीको घरमै पुर्‍याउने व्यवस्था गरिएको छ । राहदानी बुझ्दा अनिवार्य रूपमा आफ्नो पहिचान खुल्ने आधिकारिक सरकारी कागजात ९नागरिकता, राष्ट्रिय परिचयपत्र, मतदाता नामावली० साथमा राख्नुपर्नेछ ।

नागरिकको राहदानी घरमै वितरणका लागि हुलाक कार्यालयले हल्कारामार्फत बढीमा तीन दिनभित्र सेवाग्राहीको घरमै सुरक्षित रूपमा पुर्‍याउने हुलाक कार्यालय जुम्लाले जनाएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.