भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

सिरोहिया थप तीन दिन हिरासतमा, हस्ताक्षर ‘फरेन्सिक’ परीक्षणका लागि पठाइयाे

सिरोहिया थप तीन दिन हिरासतमा, हस्ताक्षर ‘फरेन्सिक’ परीक्षणका लागि पठाइयाे

काठमाडौं । नागरिकतासम्बन्धी कसुर मुद्दामा अनुसन्धानका लागि हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न जिल्ला अदालत धनुषाले आदेश जारी गरेको छ ।

न्यायाधीश यदुराज शर्माको एकल इजलासले सिरोहियालाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखेर अनुसन्धान गर्न आदेश जारी गरेको प्रहरी नायब उपरीक्षक रन्जन आवाले बताए ।

नागरिकतामा जन्ममिति खुलाएर गरिएको हस्ताक्षरको ‘फरेन्सिक’ परीक्षणका लागि पठाइएको र त्यो ‘रिपोर्ट’ आउन बाँकी रहेकाले थप अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न जिल्ला सरकारी वकिलमार्फत उक्त अदालतमा मागसहित पेस गरेको थियो ।

अनुसन्धानमा रहेका आरोपित सिरोहियाको पक्षमा अधिवक्ता विनोद शर्मा, रमण कर्ण, दिनेश त्रिपाठी तथा किशोर पौडेलले बहस गरेका थिए । सिरोहिया तीन दिनदेखि काव्या अस्पताल जनकपुरमा रहको बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.