भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

दोहाबाट उडेको विमान खतरनाक टर्ब्युलेन्समा फस्दा १२ जना घाइते

दोहाबाट उडेको विमान खतरनाक टर्ब्युलेन्समा फस्दा १२ जना घाइते

काठमाडौं । दोहाबाट डब्लिन जाँदै गरेको विमानमा टर्ब्युलेन्स हुँदा १२ जना घाइते भएका छन् । डब्लिन एयरपोर्ट अपरेटर डीएएका अनुसार, बोइङ ७८७–९ ड्रीमलाइनरले टर्कीको आकाशमा टर्ब्युलेन्सको सामना गर्यो ।

कतार एयरवेजको फ्लाइट क्युआर ०१७ स्थानीय समय अनुसार दिउँसो १ बजे अवतरण भएको थियो । त्यसपछि विमानस्थल प्रहरी, एम्बुलेन्स र दमकल विभाग जस्ता आपतकालीन सेवाका कर्मचारी त्यहाँ पुगेका थिए ।

रिपोर्टहरूका अनुसार, टर्ब्युलेन्सका कारण छ जना यात्रु र छ जना चालक दलका सदस्यहरू घाइते भएका छन्, जसमा आठ जनालाई अस्पताल लगिएको छ । डीएएले एयरपोर्टमा उडान सञ्चालनमा कुनै असर नपरेको र फिर्ता उडानहरू समयमै आइपुगेको बताएको छ।

कतार एयरवेजले बीबीसी न्यूज एनआईलाई एक विज्ञप्तिमा भन्यो, “उडानका क्रममा केही यात्रु र चालक दलका सदस्यहरूलाई सामान्य चोटपटक लागेको छ र उनीहरूको उपचार भइरहेको छ।”

 


Thali Mobile Pvt.Ltd.