भर्खरै : Sorry, your browser does not support inline SVG.

कैलाश सिरोहिया अस्पताल भर्ना

कैलाश सिरोहिया अस्पताल भर्ना

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन्। नागरिकता सम्बन्धी कसुरमा गत मंगलबार पक्राउ परेका सिरोहियालाई हिजो अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी भूवनेश्वर तिवारीले जानकारी दिए।

स्वास्थ्यमा समस्या देखिएपछि सिरोहियालाई जनकपुरस्थित काब्या अस्पतालमा भर्ना गरिएको उनले बताए । काब्या अस्पतालका अनुसार सिरोहियालाई राति १० बजे पुर्‍याइएको थियो।

मंगलबार कान्तिपुर मिडिया ग्रुपको केन्द्रीय कार्यालय थापाथलीस्थित कार्यकक्षबाटै पक्राउ परेका सिरोहियालाई सोही दिन धनुषा पुर्‍याइएको थियो।

 

 


Thali Mobile Pvt.Ltd.