भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

संसद्को गरिमा खस्कँदै गयोः पूर्वसभामुख सापकोटा

संसद्को गरिमा खस्कँदै गयोः पूर्वसभामुख सापकोटा

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संसद्को गरिमा र ओज खस्कँदै गएको बताएका छन्। आज काठमाडौंमा आयोजित नेपाल गणतान्त्रिक यातायात व्यवसायी संगठन वागममी प्रदेश समिति, काठमाडौंको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले संसदमा हुने बहस, छलफल, शब्द चयनहरु स्तरहीन र मर्यादाहीन भएको बताए ।

संसद् कुनै पनि देशको लोकतन्त्रको आत्मा, सुशासनको महत्त्वपूर्ण संवाहक भए पनि संसद्‌मा राम्रोसँग संसदीय गतिविधि सञ्चालन हुन नसकेको बताए। उनले अहिले अराजकताको स्थिति, प्रियतावादको रुझान र अस्तव्यस्तता राष्ट्रिय परिस्थितिका रूपमा देखिएको बताए। उनले आगामी आर्थिक वर्षको बजेट कुनै पनि रोकतोकबिना संसद्‌मा प्रस्तुत हुनेमा आफू आशावादी रहेको बताए। उनले अहिलेको राष्ट्रिय परिस्थिति जटिल र पेचिलो बन्दै गएको पनि बताए।

उपाध्यक्ष सापकोटाले देश अहिले छटपटि, उकुसमुकुस वातावरणमा रहेको बताए । उनले देशमा विचारहीनको स्थिति सिर्जना भएको पनि जिकिर गरे ।

 

 


Thali Mobile Pvt.Ltd.