म्याग्दी । मालढुङ्गा–बेनी सडकअन्तर्गत माझीबस्ती–खनियाघाट खण्डमा कालोपत्र भएको छ । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत यो खण्ड कालोपत्र भएको हो ।
कुश्मा नगरपालिका–१ माझीबस्तीबाट जलजला गाउँपालिका–८ खनियाघाटसम्म दुई किलोमिटर कालोपत्र भएको हो । तेह्र किलोमिटर लामो बेनी–मालढुङ्गा सडकलाई ११ मिटर फराकिलो बनाएर अस्फाल्ट प्रविधिको कालोपत्र र ढलान गर्न रु ५२ करोड ८६ लाखमा निर्माण व्यवसायीसँग सम्झौता भएको आयोजनाका सबइञ्जिनियर सोहनजङ्ग कार्कीले बताए ।
विभिन्न स्थानमा दुई किलोमिटर ढलान भइसकेको सडकको थप आठ किलोमिटर क्षेत्रमा पनि विस्तार, ‘सवबेस’, ‘बेस’ राख्ने र ‘ग्रेडिङ’ जारी छ । यसैबीच, बागलुङको गलकोटबाट रासस प्रतिनिधिले सम्प्रेषण गरेको समाचारअनुसार बोक्से–सिगाना सडक पनि धमाधम कालोपत्र भइरहेको छ ।
दश किलोमिटर सडकमध्ये पहिलो चरणमा छ किमी कालोपत्र गर्न बोक्सेबाट काम सुरु भएको हो । आगामी चैतसम्ममा छ कालोपत्र सम्पन्न गर्ने लक्ष्यका साथ धमाधम काम भइरहेको छ । दश किमी कालोपत्र गर्न रु २९ करोड ३७ लाख ८८ हजारमा ठेक्का सम्झौता भएको हो । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौँ, २६ असार । सरकारले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत मिर्गौला, मुटु, पार्किन्सन्स, अल्जाइमर, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकल सेल एनिमिया गरी आठ जटिल रोगका बिरामीलाई उपचारमा थप एक लाख...
भक्तपुर, २५ असार । सुर्यविनायक नगरपालिकाको जामुनीमा अवस्थित सुर्यविनायक नगर अस्पताललाई बागमती प्रदेश सरकारले ५० शैयाको अस्पतालको रूपमा सञ्चालन गर्ने स्वीकृति प्रदान गरेको छ। स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालय, हेटौंडाबाट...
काठमाडौं, २५ असार । नेपाल चिकित्सक सङ्घ र सरकारले हिजो साँझ तीन बुँदे सहमति गरेपछि चिकित्सक सङ्घले आह्वान गरेका सबै आन्दोलन स्थगित भएका छन्। यसपछि आजदेखि देशभरिका अस्पतालमा सेवा...
काठमाडौं, २४ असार । देशका विभिन्न क्षेत्रमा पछिल्लो केही घण्टादेखि व्यापक वर्षा भइरहेको र अझै निरन्तर वर्षा हुने सम्भावना देखिएको भन्दै जल तथा मौसम विज्ञान विभागले उच्च सतर्कता अपनाउन...