भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

बालविवाहको आरोपमा दुई जना पक्राउ

बालविवाहको आरोपमा दुई जना पक्राउ

अर्घाखाँची । अर्घाखाँचीमा दुई जना पक्राउ परेका छन् । १२ वर्षीया बालिकाको विवाह गराएको आरोपमा दुई जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

बालविवाहसम्बन्धी जाहेरी परेपछी मुमारामलाई पक्राउ गरिएको र अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

ललाइफकाइ विवाह गराएको अभियोगमा भूमिकास्थान नगरपालिका–९ की सकुन्तला सारु र विवाह गर्ने सन्धिखर्क नगरपालिका–८ का मुमाराम बि.क लाई पक्राउ जनाएको छ ।

सकुन्तलाले काम लगाइ दिने भन्दै १२ वर्षीया बालिकालाई घरमा बोलाएर मुमारामको जिम्मा लगाएको र त्यसपछी मुमारामले बालिकालाई सिन्दुर लगाएर घरमा भित्राएको भन्दै बालिकाको कान्छो बुबाले उजुरी दिएका हुन ।

 


Thali Mobile Pvt.Ltd.