भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

कमैया मुक्तिका २४ वर्ष विते, खैत मुक्ति ?

कमैया मुक्तिका २४ वर्ष विते, खैत मुक्ति ?

कैलाली । कमैया मुक्ति घोषणा भएको २४ वर्ष वितिसक्दा पनि मुक्त भएकाको जीवन अझै बदलिन सकेको छैन । २०५७ साउन २ गते सरकारले कमैया मुक्तिको घोषणा गरेको थियो । कैलालीको टीकापुर नगरपालिका शिवनगरका राजेश चौधरीलगायत धेरै चौधरीहरु पुनःस्थापनाको पर्खाइमा बसेका छन् । राज्यले ऋण मिनाहासहित पुनःस्थापना गर्नेगरी कमैया मुक्तिको घोषणा गरे पनि सयौँ परिवार आज पनि पुनःस्थापनाको पर्खाइमा रहेका छन् ।

राजेशले भने, ‘राज्यले पुनःस्थापनाको काम अझै गर्न सकेको छैन । आफ्नो क्षमताले एउटा बस्ने घरसम्म बनाउन सकेका छैन । अरुकै सहारामा बाँच्नुपरेको छ ।’ शिवनगरकै रामकली चौधरीलाई बुढ्यौलीले छोएको छ। सरकारले पुनःस्थापनाको ग्यारेन्टी गरेसँगै अरुको घरमा कमैया बसेर जीवन निर्वाह गर्दै आएका उनले २० वर्ष पुनःस्थापनाको आशामा शिविरमा बिताइन् ।

भन्छिन्, ‘पुनःस्थापनाको सम्झौता मात्रै भयो, हामी दशकौँदेखि कष्टकर जीवन बिताउन बाध्य छौँ।’ स्याम र राममको समस्या पनि उस्तै छ। आज पनि उनलाई अरुको घरमा काम गरेर जीवन निर्वाह गर्नुपर्ने बाध्यता छ । दशक पहिला टीकापुर बहुमुखी क्याम्पसको नाममा रहेको जग्गा अतिक्रमण गरेर सयौँ मुक्त कमैया आश्रय लिएर आजसम्म बसोबास गर्दै आएका छन् ।

सो क्षेत्रमा मुक्त कमैया मात्र नभई सयौँ सुकुम्बासी पनि बसोबास गर्दै आएका छन् । कैलालीमा अझै चार हजार २०० छुट मुक्त कमैयाको पुनःस्थापना गर्ने बाँकी रहेका छन् । प्रदेशमा झण्डै १२ हजार मुक्तकमैया परिवार छन् । टीकापुरमा मात्रै करिब ६ सय परिवार पुनःस्थापनाको पर्खाइमा छन् । मुक्त कमैया दिवसको अवसर पारेर टीकापुर नगरपालिका, भजनी नगरपालिका, जानकी गाउँपालिका, जोशीपुर गाउँपालिका, कैलारी गाउँपालिकालगायत स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.