भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

आज यी क्षेत्रमा आकस्मिक बाढी, जोखिमबाट बच्न अनुरोध

आज यी क्षेत्रमा आकस्मिक बाढी, जोखिमबाट बच्न अनुरोध

काठमाडौँ । भारी वर्षाको सम्भावना रहेकोले नदी तथा खोलामा आकस्मिक बाढी आउने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । आज महाकाली, पश्चिमसेती, र कर्णाली नदीको जलसतह उल्लेख्य बढ्ने भएकोले नदी तटीय क्षेत्रका क्रियाकलापमा सावधानी अपनाउन अनुरोध गरेको छ ।

सिन्धुपाल्चोक, दोलखा, बाजुरा, अछाम, दैलेख, डोटी, डडेलधुरा, बैतडी, दर्चुला आसपासका जिल्लाभई बहने स–साना नदीहरूमा पनि बहाव बढ्ने तथा आकस्मिक बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.