भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

चिसो बढेसँगै कञ्चनजङ्घा क्षेत्रमा पर्यटक घटे

चिसो बढेसँगै कञ्चनजङ्घा क्षेत्रमा पर्यटक घटे

फुङ्लिङ । कठ्याङ्ग्रिने चिसो बढेसँगै विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको अवलोकन गर्ने पर्यटकको सङ्ख्यामा कमी आएको छ । केही साताअघिदेखि चिसो बढेपछि पर्यटक नआएका पर्यटन व्यवसायी पेमा शेर्पाले बताए ।

विगतका वर्षमा यस समयमा हिमपात हुने गथ्र्यो तर अहिले भने यस क्षेत्रमा हिमपात नभएको शेर्पाले बताउछन् । पर्यटक नआएपछि यहाँका होटल–लज पनि बन्द भएका छन् । यहाँका होटल सञ्चालक सदरमुकाम फुङ्लिङ झरेका छन् भने केही काठमाडौँ पुगेका छन् ।

चियो याम प्रारम्भ हुनुअघिसम्म कञ्चनजङ्घा क्षेत्रमा पर्यटकहरुको उल्लेखनीय आगमन भएको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का टासी तेन्जिङ शेर्पाले बताए । गत असोज देखि पुस सम्ममा विभिन्न देशका सात सय ६० जना पर्यटक कञ्चनजङ्घा क्षेत्रको अवलोकनमा आएका थिए भने आन्तरिक पर्यटकको आगमन पनि उल्लेख्य रहेको उनले बताए ।

शेर्पाले भने, “कोरोना महामारीपछि पहिलोपटक यो वर्ष आन्तरिक तथा बाह्य पर्यटक कञ्चजङ्घा क्षेत्रमा धेरै आएका छन् । रासस

 


Thali Mobile Pvt.Ltd.