भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

गुण्डू बृहत् खानेपानी समितिको सपथ ग्रहण

गुण्डू बृहत् खानेपानी समितिको सपथ ग्रहण

भक्तपुर । गुण्डू बृहत् खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले शुद्ध खानेपानीको एक घर एक धारा अवधारणालाई यही वर्ष सम्पन्न गर्ने गरी नवनिर्वाचित कार्यसमितिलाई सपथ खुवाएको छ ।

बुधबार सूर्यविनायक नगरपालिका वडा नं ७ मा शपथ ग्रहण कार्यक्रम आयोजना गरी प्रमुख निर्वाचन अधिकृत गोविन्द प्रसाद चौलागाइँ, किरण न्यौपानेले नवनिर्वाचित कार्यसमितिलाई सपथ ग्रहण गराएका हुन ।

कार्यक्रममा नगर प्रमुख बासुदेव थापाले नवनिर्वाचित अध्यक्ष सरिता कुंवरसहितका पदाधिकारी एवं कार्यसमितिलाई प्रमाणपत्र वितरण गरे । नगरबासीलाई खानेपानीको पहुँचमा पुर्याउन आफुसहित सिंगो कार्यपालिका सदस्य लागिपरेको भन्दै प्रमुख बासुदेव थापाले १ देखि ६ वडा सम्मका वडाबासीलाई मेलम्चीको खानेपानी खुवाउन ८ करोड बजेट छु्टयाएर बताए ।

खानेपानी वितरणको काम अन्तिम चरणमा पुगेको भन्दै मेलम्चीको पानी अब छिटै वितरण हुने बताए । कार्यक्रममा नगर प्रवक्ता तथा वडा नंं ७ का वडाध्यक्ष रविन्द्र सापकोटाले नवनिर्वाचीत कार्यसमितिलाई बधाई दिदै खानेपानीको समस्या रहेका घ्याम्पेडाँडालगायत तल्लो क्षेत्रका वस्तीमा छिटै खानेपानी दिने गरी काम थाल्न आग्रह गर्दै नयाँ कार्यसमितिको जिम्मेवारी बढेको धारणा राखे ।

खानेपानी तथा सरसफाई उपभोक्ता समितिको चुनावबाट २७ वर्षपछि नयाँ नेतृत्वमा महिला निर्वाचित भएर आएका हुन । स्थानीय तह चुनावको झल्को दिने गरी प्रतिष्पर्धा भएको उक्त निर्वाचनबाट जिल्ला समन्वय समिति भक्तपुरका पूर्व उपप्रमुख सरिता कुँवर नयाँ नेतृत्वमा आएकी हुन । यो क्षेत्र नेकपा एमाले पोलिटव्यूरो सदस्य एवम् भक्तपुर जिल्ला इन्चार्ज महेश बस्नेतको गृह क्षेत्र हो ।

 

 


Thali Mobile Pvt.Ltd.