भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

हाम फालेका १७ जना मध्य एकजना डुबेर बेपत्ता

हाम फालेका १७ जना मध्य एकजना डुबेर बेपत्ता

काठमाडौं । कैलालीको चिसापानीस्थित कर्णाली नदीमा पुलबाट हाम फालेका १७ जना युवामध्ये एक जना वेपत्ता भएका छन् । लम्कीचुहा नगरपालिका ३ चिसापानीका युवाको समूह दिउँसो सँगै होली खेलेर साँझ करिब ५ बजे नुहाउन पुलबाट हाम फालेको ईलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ ।

मदिरा सेवन गरी नाङ्गै हिँडेका युवालाई प्रहरीले रोक्न खोज्दा पुलमा तस्बिर खिच्ने बताउँदै अटेर गरी गएको र हाम फालेको जनाइएको छ । एकपछि अर्को हाम फालेकामध्ये एकजना डुबेर बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा लम्कीचुहा नगरपालिका ३ चिसापानीका ३० वर्षीय लोकेन्द्र शाही हुन् । जनपद प्रहरी र सशस्त्र प्रहरीले घटनाको बारेमा खोजी अनुसन्धान गरिरहेको छ ।

आज गोताखोर टोलीले वेपत्ता शाहीको खोजी गर्ने ईलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ । गत बर्ष पनि पुलबाट हाम फालेर पौडिने होडबाजीमा डुबेर एक युवाको निधन भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.