काठमाडौं । कर्णाली नदीमाथिको झोलुङ्गे पुलमा फसेका खच्चडको उद्धारमा खटिएका २ प्रहरी पुरस्कृत भएका छन् । प्रहरी प्रधान कार्यालय र कर्णाली प्रदेश प्रहरी कार्यालयले उद्धारमा खटिएका दुई प्रहरीलाई छुट्टाछुट्टै पुरस्कृत गरेका हुन् । पुरस्कृत हुनेमा इलाका प्रहरी कार्यालय कालेकाँडा अछामका असई रामसिंह फराल र सोही कार्यालयका हवल्दार गंगाराम चौधरी छन् ।
उनीहरुलाई अभिलेखमा जनिने गरी नगदसहित पुरस्कृत गरिएको कर्णाली प्रदेशका डीआईजी रवीन्द्र केसीले बताए । त्यसैगरी उनीहरुलाई प्रहरी प्रधान कार्यालयले पनि पुरस्कृत गरेको छ । साहसिक कार्य गरेको भन्दै उनीहरुलाई पुरस्कृत गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
२७ जेठमा अछामको पञ्चदेवल नगरपालिका–९ चिल्तडास्थित कर्णाली नदीमाथिको झोलुङ्गे पुलको लठ्ठा चुडिएपछि १३ वटा खच्चड बीचमै फसेका थिए । उद्दार गरिएका मध्ये २ खच्चड मरेका थिए भने ११ खच्चड जीवितै थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
वर्षाका कारण कर्णाली राजमार्गअन्तर्गतको सुर्खेत–हुम्ला सडकखण्ड अवरुद्ध भएको छ । कालीकोटको रास्कोट नगरपालिका–८ को भात्तडीमा पहिरो गएका कारण सडक अवरुद्ध भएको हो ।जिल्ला प्रहरी कार्यालयका अनुसार सान्नी त्रिवेणी गाउँपालिका–३...
सुर्खेत । ठुलो तथा मझौला खालका उद्योधन्दा नभएको कर्णालीमा एक वर्षको अवधिमा एक हजार ७ सय ६८ वटा साना उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष ०८०, ०८१ मा...
सूर्खेत । कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को आजको बैठकले गरेका निर्णय सार्वजनिक गरिएका छन् । बैठकले विभिन्न १८ वटा निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता विनोदकुमार शाहले जानकारी दिए । बैठकले...
मुगु । हिउँ जमेपछि कर्णाली राजमार्ग अवरुद्ध भएको छ । जिल्ला सदरमुकाम गमगढीबाट नेपालगञ्जतर्फ जाँदै गरेका तीनवटा यात्रुबाहक बस सातमोडमा अलपत्र परेका छन् । सडकमा हिउँ र बरफ जमेका...