भर्खरै : Sorry, your browser does not support inline SVG.
मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित |

कर्णालीको झोलुङ्गे पुलमा फसेका खच्चडको उद्धारमा खटिएका २ प्रहरी पुरस्कृत

कर्णालीको झोलुङ्गे पुलमा फसेका खच्चडको उद्धारमा खटिएका २ प्रहरी पुरस्कृत

काठमाडौं । कर्णाली नदीमाथिको झोलुङ्गे पुलमा फसेका खच्चडको उद्धारमा खटिएका २ प्रहरी पुरस्कृत भएका छन् । प्रहरी प्रधान कार्यालय र कर्णाली प्रदेश प्रहरी कार्यालयले उद्धारमा खटिएका दुई प्रहरीलाई छुट्टाछुट्टै पुरस्कृत गरेका हुन् । पुरस्कृत हुनेमा इलाका प्रहरी कार्यालय कालेकाँडा अछामका असई रामसिंह फराल र सोही कार्यालयका हवल्दार गंगाराम चौधरी छन् ।

उनीहरुलाई अभिलेखमा जनिने गरी नगदसहित पुरस्कृत गरिएको कर्णाली प्रदेशका डीआईजी रवीन्द्र केसीले बताए । त्यसैगरी उनीहरुलाई प्रहरी प्रधान कार्यालयले पनि पुरस्कृत गरेको छ । साहसिक कार्य गरेको भन्दै उनीहरुलाई पुरस्कृत गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

२७ जेठमा अछामको पञ्चदेवल नगरपालिका–९ चिल्तडास्थित कर्णाली नदीमाथिको झोलुङ्गे पुलको लठ्ठा चुडिएपछि १३ वटा खच्चड बीचमै फसेका थिए । उद्दार गरिएका मध्ये २ खच्चड मरेका थिए भने ११ खच्चड जीवितै थिए ।

 

 


Thali Mobile Pvt.Ltd.