भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

प्रधानमन्त्रीज्यू डराएर संसदमा नआउनु भएको होः रमेश लेखक

प्रधानमन्त्रीज्यू डराएर संसदमा नआउनु भएको होः रमेश लेखक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण बारे संसदलाई जानकारी गराउन नेपाली कांग्रेसले माग गरेको छ। आजको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री भारत भ्रमण गरेर फर्किएको पाँच दिन हुँदा पनि संसदमा उपस्थित भएर जानकारी नगराएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।

लेखकले प्रधानमन्त्री संसदमा नआएको बताउँदै सरकारले संसदको गरिमालाई कमजोर बनाएको भन्दै आपत्ति जनाएका छन्। उनले गृहमन्त्री रवि लामिछानेले संसदमा बोल्दै नेतामाथि गम्भीर आरोप लगाएको विषयमा आफूहरुले जवाफ माग गरेको तर प्रधानमन्त्री संसदमा नै नआएको बताए। उनले प्रधानमन्त्री डराएर संसदमा नआएको हो भन्दै प्रश्न गरेका छन्।

लेखकले संसद्को अर्को बैठकमा प्रधानमन्त्रीले आफ्नो भारत भ्रमण र राष्ट्रपतिको विदेश भ्रमण बारे जानकारी गराउन माग गरेका छन्।

 


Thali Mobile Pvt.Ltd.