वासिङ्टन डिसी, १८ असार । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने युद्धविरामको प्रस्तावमा सहमति जनाइसकेको दाबी गरेका छन्।
ट्रम्पका अनुसार युद्ध अन्त्यका लागि आवश्यक शर्तहरूमा इजरायल सहमत भइसकेको हो।ट्रम्पले आफ्नो सामाजिक सञ्जाल Truth Social मा लेख्दै भनेका छन्, “हामी युद्ध अन्त्य गर्न सबै पक्षहरूसँग मिलेर काम गर्नेछौँ।” यद्यपि उनले
सहमतिको सर्तबारे विस्तृत विवरण भने दिएका छैनन्।
ट्रम्पले थप लेखेका छन्, “कतार र इजिप्टले शान्ति स्थापना गर्न कडा परिश्रम गरेका छन् र उनीहरूले यो अन्तिम प्रस्ताव अघि सार्नेछन्। मलाई आशा छ, हमासले यो सम्झौता स्वीकार गर्नेछ।”
गत अक्टोबर ७, २०२३ मा हमासले इजरायलमाथि आक्रमण गर्दा करिब १,२०० जनाको मृत्यु भएको थियो। त्यसपछि इजरायलले गाजामा कडा सैन्य कारबाही थालेको थियो। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार त्यसयता ५६,६४७ जनाको मृत्यु भइसकेको दाबी गरिएको छ।
ट्रम्पको यो भनाइ प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँगको भेट अघि सार्वजनिक भएको हो। उनले नेतान्याहू पनि युद्ध अन्त्य चाहन्छन् भन्ने विश्वास व्यक्त गरेका छन्। यद्यपि इजरायलले अहिलेसम्म युद्धविरामको कुनै औपचारिक पुष्टि गरेको छैन।
इजरायलले हमास पूर्ण रूपमा नष्ट नभएसम्म युद्ध रोक्न नसकिने अडान राख्दै आएको छ, भने हमास स्थायी युद्धविराम र गाजाबाट इजरायली फौज फिर्ता हुने मागमा अडिएको छ। हालसम्म झन्डै ५० इजरायलीहरू गाजामा बन्धक बनाइएका छन्, जसमा करिब २० जना जीवित रहेको विश्वास गरिन्छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
गाजा, एजेन्सी, २७ असार। इजरायली आक्रमण सुरु भएदेखि गाजा पट्टीमा ज्यान गुमाउने पत्रकारको संख्या २२९ पुगेको छ। पछिल्लो पटक प्यालेस्टाइन टुडे समाचार एजेन्सीका सम्पादक तथा फोटोग्राफर अहमद सलामा अबु...
एजेन्सी, २५ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूबीच पछिल्लो २४ घण्टामा दोस्रो पटक ह्वाइट हाउसमा भेटवार्ता भएको छ। मंगलबार साँझ करीब एक घण्टाभन्दा बढी...
वासिङ्टन डीसी, २४ असार । अमेरिकाको टेक्सास राज्यस्थित ग्वाडालुप नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म १०० भन्दा बढीको मृत्यु भएको छ भने ३० भन्दा बढी अझै बेपत्ता छन्। शुक्रबार...
वाशिङ्टन, असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूबीच आज वाशिङ्टनमा भेटवार्ता हुँदैछ। यो भेट गाजा क्षेत्रमा करिब २१ महिनादेखि जारी द्वन्द्व अन्त्यतर्फ आशाको किरणको रूपमा...