भर्खरै : Sorry, your browser does not support inline SVG.
ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो | सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती |

गाजामा युद्ध रोक्न इजरायल तयार भएको ट्रम्पको घोषणा

गाजामा युद्ध रोक्न इजरायल तयार भएको ट्रम्पको घोषणा

वासिङ्टन डिसी,  १८ असार । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने युद्धविरामको प्रस्तावमा सहमति जनाइसकेको दाबी गरेका छन्।

ट्रम्पका अनुसार युद्ध अन्त्यका लागि आवश्यक शर्तहरूमा इजरायल सहमत भइसकेको हो।ट्रम्पले आफ्नो सामाजिक सञ्जाल Truth Social मा लेख्दै भनेका छन्, “हामी युद्ध अन्त्य गर्न सबै पक्षहरूसँग मिलेर काम गर्नेछौँ।” यद्यपि उनले

सहमतिको सर्तबारे विस्तृत विवरण भने दिएका छैनन्।

ट्रम्पले थप लेखेका छन्, “कतार र इजिप्टले शान्ति स्थापना गर्न कडा परिश्रम गरेका छन् र उनीहरूले यो अन्तिम प्रस्ताव अघि सार्नेछन्। मलाई आशा छ, हमासले यो सम्झौता स्वीकार गर्नेछ।”

गत अक्टोबर ७, २०२३ मा हमासले इजरायलमाथि आक्रमण गर्दा करिब १,२०० जनाको मृत्यु भएको थियो। त्यसपछि इजरायलले गाजामा कडा सैन्य कारबाही थालेको थियो। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार त्यसयता ५६,६४७ जनाको मृत्यु भइसकेको दाबी गरिएको छ।

ट्रम्पको यो भनाइ प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँगको भेट अघि सार्वजनिक भएको हो। उनले नेतान्याहू पनि युद्ध अन्त्य चाहन्छन् भन्ने विश्वास व्यक्त गरेका छन्। यद्यपि इजरायलले अहिलेसम्म युद्धविरामको कुनै औपचारिक पुष्टि गरेको छैन।

इजरायलले हमास पूर्ण रूपमा नष्ट नभएसम्म युद्ध रोक्न नसकिने अडान राख्दै आएको छ, भने हमास स्थायी युद्धविराम र गाजाबाट इजरायली फौज फिर्ता हुने मागमा अडिएको छ। हालसम्म झन्डै ५० इजरायलीहरू गाजामा बन्धक बनाइएका छन्, जसमा करिब २० जना जीवित रहेको विश्वास गरिन्छ।

 


Thali Mobile Pvt.Ltd.