भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

परालको भरमा कष्टकर दैनिकी

परालको भरमा कष्टकर दैनिकी

काठमाडौं । मुसहर बस्तीले चिसोमा कष्टकर दैनिकी गुजारा गरीरहेको छ । बस्तुभाउको खानका लागि जम्मा गरेको आहारा पराल मुसहर समुदायका लागि जाडोबाट बच्ने सहारा बनेको छ । भटौलियाको सय परिवारको मुसहर बस्ती पराल नै ओढ्ने, पराल नै ओछ्याउने र परालकै आगो तापेर जीउ न्यानो बनाउन लागिरहेको दृश्य गाउँभरी देखिन्छ ।

चिसो स्याँठले असैह्य भएको जाडोको बीच चारैतिर परालको कुन्यु, परालबाटै बनेको गुन्द्री, पराल नै जुटको बोरामा कोचेर बनाइएको सिरक, डसना र परालकै आगो बालेर भटौलिया गाउँका सम्पूर्ण मुसहरी बस्ती यतिबेला जाडो छलिरहेको छ। बालबालिकाको शरीर लुगाफाटाले पूर्ण रुपमा छोपिएको देखिदैन । महिला इज्जत ढाक्नैका लागि लगाउनुपर्ने लुगाबाहेक अरु बाक्लो कपडामा भेटिँदैनन्।

आर्थिक रुपले चरम गरिबीमा रहेको झुपडीमा चिसो आकाशमुनि बस्दै आएका देखिन्छन् । सोही बस्तीकी ५५ वर्षीया सीतादेवी सदा दुई सातादेखि रातिराति सुत्न पाएकी छैनन् । उनले भनिन्, ुहजुर दिनभरि जसोतसो काटे पनि राति काट्न पराल बालेर आगोकै साहाराले नै काट्दै आएको छु। दुई सातादेखिको चिसो स्याँठबाट बालबालिकालाई बचाउन रातभिर पराल र पात पतिंगरको घुर जलाएर सुत्ने गरेको छु ।’

आगो बालेर सुत्दा जल्ने पोल्ने डरले बालबालिकालाई सुताउँदै आफू रात रातभरि जाग्राम नै बस्ने गरेको उनले बताइन्। चरम गरिबीको कारण खानपानकै जोरजाम पनि राम्ररी पूरा गर्न नसक्ने उनका पति दिनभरि मजदूरी गरेर कमाएको पैसामध्ये आधी मदिरामा उडाइदिने र आधाले जहान परिवारको लागि खानेकुराको जोहो गर्नुपर्दा बालबालिकाहरुको लागि न्यानो लुगाफाटा र पोषिलो खानेकुरा दिन नसकेको उनको दुःखेसो छ।

 


Thali Mobile Pvt.Ltd.