भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

काठमाडौँमा २ र ललितपुरमा एकजना हैजा संक्रमित भेटिए

काठमाडौँमा २ र ललितपुरमा एकजना हैजा संक्रमित भेटिए

काठमाडौँ । काठमाडौँमा २ र ललितपुरमा एकजना हैजा संक्रमित भेटिएका छन् । योसँगै देशभर हैजा संक्रमितको संख्या ७८ जना पुगेको छ।

काठमाडौंमा थप ३ जना हैजा संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का अनुसार पछिल्लो समय ललितपुरमा ५१ जना, कैलालीमा ८ जना, काठमाडौँमा १२ जना र प्यूठानमा २ जना, मकवानपुरमा एक र रोल्पामा ४ जना हैजा संक्रमित भेटिएका छन्। योसँगै यो वर्ष ६ वटा जिल्लामा हैजा संक्रमित भेटिएको जनाएको छ ।

भदौ १५ गतेसम्म देशभर ६ हजार ३४७ जना डेंगु संक्रमित थिए। यस्तै पछिल्लो समय एकजना डेंगु संक्रमितको मृत्यु भएको छ। योसँगै यो वर्ष डेंगुबाट मृत्यु हुनेको संख्या ४ जना पुगेको छ। हैजाका कारण हालसम्म यो वर्ष कसैको मृत्यु भएको छैन।

हाल १ जना संक्रमित अस्पतालमा भर्ना भएर उपचार गराइरहेको इडिसिडीले जनाएको छ। डेंगु संक्रमितको संख्या पनि बढेको छ। इडिसिडीका अनुसार हाल देशभर डेंगु संक्रमितको संख्या ६ हजार ८३१ जना पुगेको छ।

 


Thali Mobile Pvt.Ltd.